logo
  • शनिबार, भाद्र २० २०८३

अर्घाखाँची सम्पर्क समिति युएई सारजाह क्षेत्रीय समितिले तिज विशेष कार्यक्रम गर्ने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेट्वर्क संवाददाता

युएई ,भदौ ४ गते । नेपाली महिला हरुको महान पर्व हरितालिका तीजको अवसरमा अर्घाखाँची सम्पर्क समिती यूएई सारजहा क्षेत्रीय समितिले तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

मध्यपूर्व संयुक्त अरव ईमिरेट्समा रहदै लामो समय सम्म समाज सेवामा लागेका अर्घाखाँचीवाँसीले विगतका वर्षहरुमा जस्तै यसपाली पनि आफ्नो मौलिक संस्कृतिलाई आफु बसेकै स्थानमा रहि बचाउनुपर्छ मनाउनु पर्छ ,भन्ने उद्देश्य सहित अर्घाखाँची सम्पर्क समिती यूएई सारजाहमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको हो ।

कार्यक्रम आगामी अगस्त ३१ तारीख़का दिन सारजहा रोला स्थित रोटना होटलमा आयोजना गरिएको कार्यक्रमको लागी विशेष तयारी अन्तिम अवस्थामा पुगेको अर्घाखाँची सम्पर्क समिती सारजहा क्षेत्रीय उपाध्यक्ष बसन्त आचार्यले बताएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend