logo
  • शनिबार, भाद्र २० २०८३

अस्ट्रेलियाबाट जन्मदिनमा स्वेताको माझी बस्तिको लागि योगदान


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

सानु घिमिरे , अस्ट्रेलिया ।
अस्ट्रेलिया निवासी पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चलिसेका नाती सुशिल चालिसे र उहाँकी धर्मपत्नी श्रीमती अनिता भण्डारी चालिसेले आफ्ना छोरीद्धय चार बर्षिया शायना चालिसे र एक बर्षिया समिका चालिसेको जन्मदिनको अबसरमा अस्ट्रेलियन डलर ५०० लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका छन्  ।चालिसे दम्पतिले आफ्नी छोरी शायना चालिसेको पहिलो जन्मदिन मनाउँदा एक्सन वर्क नेपाल दोश्रो जन्मदिन मनाउँदा समाजसेवी दिक्षा चापागाईं आबद्ध हुनुभएको पबित्रा समाज नेपाल मार्फत सहयोग पुर्याएकोमा गत बर्ष भने जन्मदिन मनाउने दिनमा नै अर्की छोरी समिकाको जन्म भएकोले जन्मदिन मनाउन पाउनु भएको थिएन । दुबै छोरीको जन्मदिन एक्कै दिन परेकोले दुबै छोरीको जन्मदिन मनाउने क्रममा यो बर्ष ५०० डलर सामाजिक कार्यमा योगदान दिने निर्णय गरेको जानकारी गराउनु भएको थियो दुबै छोरीको जन्मदिन मनाउने क्रममा श्रेष्ठले देशमा आएको महाप्रलयकारी भूकम्प ब्यबस्थापन कार्यमा लाग्ने प्रण गरेकी नायिका स्वेता खड्काले स्व. श्रीकृष्ण श्रेष्ठको जन्म जिल्लाको एउटा सीमांकृत जाती माझी समुदायकी एउटी बुहारीको रुपमा “स्वेता-श्री फाउण्डेशन” को पहिलो उदेश्य भूकम्पले भत्काएको ‘माझी बस्ती’ निर्माण गर्ने उद्धेस्य अनुरुप सो समुदायको ५६ परिवारका ३७५ जनाको लागि करीब १७ रोपनी जग्गामा एकीकृत बस्ती बनाउने कार्यमा जुटिरहेकोले सो परियोजनामा केही इट्टा थप्न सहयोगी हुने किसिमले सो रकम स्वेता खड्का अमेरिकाबाट नेपाल फर्कने बित्तिक्कै हस्तान्तरण गरिने बताउनु भयो ।सो समुदायमा १८४ महिला छन भने सो समुदायका १५% मात्रै साक्षर छन । निर्माणाधिन नमूना बस्ती बहुसंख्यक नेपालीको सरदर हैसियतभन्दा सुबिधायुक्त ब्यबस्थित बस्ती हुनेछ ।


प्रकाशित मिति : ०३ भदौ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend