logo
  • शनिबार, भाद्र २० २०८३

नेपाल दशनामी समाज कतारले संरक्षक रामजी गिरीलाई बर्खास्त गर्यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार।
नेपाल दशनामी समाज कतारको २०१८ अगस्ट महिनाको मासिक बैठक नज्मा स्थित युनिक नेपालि रेष्टुरेन्टमा आज १७ अगस्ट २०१८ मा संस्थाका अध्यक्ष थम कुमार गिरीको अध्यक्षता र महासचिव अजय गिरीको संचालनमा सम्पन्न भएको छ । बैठकले बिविध सुखद र दुखद निर्णयहरु पारित गरेको छ ।

१. लामो समयदेखि ब्यक्तिगत आचरण र कारोबारका कारण बिवादित र आलोचित रहदै आएका संस्थाका निवर्तमान संरक्षक रामजी गिरीलाई वहाँको आचरण र ब्यबहारको कारण आजैका मितिदेखि संस्थाको साधारण सदस्य समेत नरहने गरि बर्खास्त गर्ने निर्णय सर्वसहमत पारित भएको छ ।

२. आगामि नोभेम्बर २३ तारिकका दिन नेपाल दशनामि समाज कतारको स्थापना दिवस तथा प्रथम वार्षिकोत्सव बिविध साँस्कृतिक कार्यक्रमको साथ मनाउने निर्णय गर्दै उक्त कार्यक्रमको कार्यक्रम संयोजकमा संस्थाका बरिष्ठ उपाध्यक्ष पदम गिरी ज्युलाई मनोनित गरिएको छ।

३. नेपाल पर्यटन वर्ष २०२० लाई प्रबद्धन गर्न तथा संस्थाको आकस्मिक कोष बृद्धिका लागि तयार पारिएका भिजिट नेपाल २०२० को लोगो अंकित टिसर्टहरु पहिलो चरणमा युद्धस्तरमा बिक्रिबितरण गर्दै तयारी अवस्थामा रहेको दोश्रो लट समेत तुरुन्त बितरण प्रकृयामा जाने ।

४. दशनामि बन्धुहरुमा बचतको बानि बिकास गर्न स्थापना गरिएको नेपाल दशनामि समाज कतार बचत समुहमा कतारमा रहनुभएका सबै दशनामि बन्धुहरुलाई आबद्धताको लागि आवाह्वान गर्दै पहलकदमि लिने।

५. नेपाल दशनामि समाज कतारका कार्यसमितीका सम्पुर्ण पदाधिकारी, सदस्य र आजिवन सदस्यहरुको सम्पुर्ण बिवरण सहितको डिजिटल परिचय पत्र (बारकोड सहित) आगामि एक महिना भित्र तयार पार्ने । लगायत अन्य बिविध निर्णयहरु गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend