साझा नेटवर्क
रवि रोषी, कतार जेष्ठ ५ ।
आगामी मे २० तारिखमा साँझ क्म्युनिटि लीग अन्तर्गत संचालित अमीर कपको फाइनल खेलपछि नेपाल भारत संग भिड्ने भएको छ । एसियाली आप्रवासी सामुदायिक फुटबल खेल २०१५ को लीग चरणको खेलमा नेपालले विभिन्न ७ देश संग अपराजित खेल खेलेर फाइनलमा पुगेको हो ।
साँझ ५.३० बजे प्रवेश गरिसक्नु पर्ने खेलमा स्टेडियमको प्रवेश द्वारमा नै निशुल्क भाग्यशाली नम्बर सहितको टिकट उपलब्ध हुने र सो टिकटको नम्बरको आधारमा भाग्यशाली दर्जनौ पुरस्कारहरु प्राप्त गर्न सकिने नेपाली फुटबल टिमका अधक्ष्य संजीव रानाभाटले बताए ।
दर्शकहरुको आवतजावतको सुविधाका लागि नेपाली फुटबल टिमले सम्पूर्ण फुटबल प्रेमी दर्शकहरुको लागि आउने जाने बसको व्यवस्था समेत गरिएको कुरा उपाधक्ष्य राजन श्रेष्ठले बताएका छन ।
गेट खुल्ने समय – साझँ ५:३० बजे
मो. ३३५०८७५३, ५५८५१५४४
अमिर कप
अल साद्द र लेख्वीया बिच
२० मे २०१६, ७ बजे
एसियन आप्रबासी फिनाले
नेपाल र ईन्डिया बिच
२० मे २०१६, अमिर कपको फाईनल पछी
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend