logo
  • शनिबार, भाद्र २० २०८३

गजल


  • श्यामराज रानाभाट
  • शनिबार, भाद्र २० २०८३

13578859_1720601538190778_736041910_n
आधा रातमा यादले छाती चर्किदा म पागल पागल
लाज ढाक्ने तिम्रो आँचल सर्किदा म पागल पागल

पाल्पाली त्यो ढाका चोली चौबन्दिमा सजिएर
मारुनीमा तिम्रो कमर मर्किदा म पागल पागल

मन रुझाउने तन रुझाउने बर्खा को त्यो झरी जस्तै
पिरतिको झरी मनमा दर्किदा म पागल पागल

मेरै नामले जिस्काउदा तिमिलाई तिम्रा सखी
लजाएर तिमी यतै फर्किदा म पागल पागल

श्यामराज रानाभाट
नवलपरासी
हाल: दोहा,कतार

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend