logo
  • शनिबार, भाद्र २० २०८३

जनसम्पर्क समिति कतारले दुतावासमा विरोधपत्र बुझायो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
कतार नेपाली जनसंपर्क समिती कतारले आफ्नो मातृ सस्था नेपाली काँग्रेसले वर्तमान सरकार असंबैधानिक गतीबिधी गर्दै धिनायकबादी बाटोमा अग्रसर भएको भन्दै सरकार बिरुद्द देशै भर प्रदर्शन गरेको बिरोध कार्यक्रमको समर्थन स्वरुप केही राष्ट्रिय मुद्दा र प्रबासी नेपालीका समस्यालाई उठान गर्दै नेपाली दुताबास कतारमा नेपाल सरकारका बिरुद्द ज्ञापन पत्र दिएको छ ।ज्ञापनपत्र दिन नेपाली जनसंपर्क समिति कतारको प्रतिनिधि मण्डल दुताबास पुगेको थियो । पतिनिधी मण्डलले कतारका लागि माहमहिम राजदुत प्रा. रमेश प्रशाद कोइराला, नेपाली दुताबासका निमित नियोग प्रमुख मणी रत्न शर्मा पौडेल र नेपाली दुताबासका प्रथम सचिब गायात्राी बहादुर पौडेलको समुपस्थितीमा ज्ञापनपत्र हस्तान्तरण गरिएको थियो ।

ज्ञापन पत्रको बारेमा कार्यवाहक सभापति शंकर न्यौपानेले प्रकास परेका थिए । भने कार्यबाहाक महामन्त्री केदार भुसालले पढेर सुनायाका थिए ।

ज्ञापनपत्रमा संवैधानिक अंगमा हस्तक्षेप, निषेधित क्षेत्र तोक्दै नागरिक अधिकारको हनन गरेको, संसदमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्नेमा, सर्वसत्ताबाद, बढ्दो महंगी विरुद्ध र लोकतान्त्रिक पद्धतिको रक्षाको कुरा रहेको छ ।

त्यस्तै वैदेशिक रोजगारिका सम्बन्धमा बिशेषगरी खाडी राष्ट्र र मलेशिया जाँदा हुने एयर्पोर्ट सेटीङ र कतारको हकमा आजात भिषाको नाउमा गरीब सोझा जनतालाई झुक्याएर गरिएको ठग प्रबिद्दिको बिरोध गर्दै एस्ता कार्यमा संलग्न हुनेहरुलाई हदैसम्मको कारवाहीको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend