logo
  • शनिबार, भाद्र २० २०८३

कास्की आदर्श सेवा समाजको १६औं स्थापना दिवस सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, दोहा ।
कास्की आदर्श सेवा समाज कतारले १५ औं वसन्त पार गरी १६ औं वसन्तमा प्रवेश गरेको उपलक्ष्यमा सल्वा रोड स्थित ताजा रेस्टुरेन्टको सभा हलमा बृहत कस्केलिहरुको माझ विविध सांस्कृतिक प्रस्तुतिहरु संगै “१६ औं स्थापना दिवस” भव्य रुपमा सम्पन्न गरेको छ ।

कतारमा नेपाली समुदाय विच सामाजिक क्षेत्रमा लामो समय देखी कृयासिल कस्केली अग्रजहरु विल गुरुङ, हम्सराज ढकाल, विमल सुवेदी, धुर्वराज अधिकारि, आश वहादुर गुरुङ लगायतको उपस्थिती रहेको उक्त कार्यक्रमलाई संस्थाका वरिष्ठ उपाध्यक्ष बिक्की बिकले स्वागत मन्तव्यद्वारा उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष विश्ववन्धु थापाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा छैठौं महाधिवेशनपछी नव गठित विभिन्न समिती तथा विभागका पदािधिकारि तथा सदस्यहरुलाई परिचय गराउदै सफल कार्यकाल तथा सकृयताको निम्ती शुभकामना व्यक्त गरिएको थियो ।

विभागीय संयोजक, शाखा समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको मन्तव्य तथा शुभकामना समेटिएको सो कार्यक्रममा निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार मन प्रशाद राना मगरले संस्थासंग सम्वन्धित विभिन्न बिषयहरुमा प्रकाश पार्दै परिवर्तित समय संगै संस्थालाई अगाडि वढाउन सम्पूर्ण जिल्लावासीहरुको साथ आवश्यक रहेको वताउनु भयो ।

त्यसैगरी संस्थापक अध्यक्ष तथा संरक्षक वलराम सापकोटाले विगतलाई संम्झदै आजको दिन सम्म कास्की आदर्श कृयासिल रहीरहेको पाउदा आफु खुशी भएको र यहाँसम्म ल्याउन विभिन्न आरोह अवरोहहरु पार गर्ने र गर्दै रहेको आफ्नो समकालिन साथीहरु तथा संस्थासंग संम्वन्धित सवैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमलाई संगितमय वनाउदै सहभागि सवैलाई मनोरन्जन दिन फेवा सांस्कृतिक परिवारका कलाकारहरुले बेजोड प्रस्तुतिहरु पस्केको थियो । नेपाली सस्कृति झल्किने गरी विभिन्न वाद्यवादन सहित जन संगित मन्च कतारका कलाकारहरुले पनि फेवा संग हातेमालो गर्दै विभिन्न प्रस्तुतिहरु राखेका थिए ।

मै राम्री हुन के गरु भन्देउ वोलको गितवाट जस्मिन चाम्लिङले स्वागत नृत्य प्रस्तुत गरेकी थीइन भने जन संगित मन्चले हेर कती रमाइलो हाम्रो देश नेपाल, हरिविनोद अधिकारिले हावा चल्यो सरर, विवस दुतराज र जस्मिनको युगल न्रित्य, सवित्री गिरी र दिनेश लामाले उही खोलाको पानी, प्रभात त्रिपाठीले सम्झना मनैमा, महेश लामाले गुरासै फुल्यो, प्रेम अधिकारिले सालैजो भाका, सुर्य गायकले आमैले सोध्लिन नि खोई छोरो भन्लिन प्रस्तुती संगै अन्त्यमा हरिविनोद र इन्दु लावरको वेजोड दोहोरी रहेको थियो ।

औपचारिक कार्यक्रम संस्थाका सह सचिव अमृत बिकले सन्चालन गरेका थिए भने सांस्कृतिक कार्यक्रम फेवा सांस्कृतिक परिवारकी सचिव सावित्री गिरिले सन्चालन गरेकी थीइन ।

संस्थाका अध्यक्ष विश्ववन्धु थापाले कार्यक्रमको अन्त्य सम्म वसेर साथ दिनुहुने, कार्यक्रम सफल वनाउन भौतिक, आर्थिक, नैतीक सहयोग गर्नुहुने उपस्थित जिल्लावासी तथा शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो भने आगामी कार्यक्रम र योजनाको वारेमा पनि जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend