साझा नेटवर्क
The thermometer reads 41.0 degrees Celsius (105.8 degrees Fahrenheit) in Kumagaya city, north of Tokyo, Monday, July 23, 2018. Searing hot temperatures are forecast for wide swaths of Japan and South Korea in a long-running heat wave. The temperature in the city north of Tokyo reached 41.1 degrees Celsius (106 degrees Fahrenheit) on Monday, the highest ever recorded in Japan, as a deadly heat wave gripped a wide swath of the country and nearby South Korea. (Daiki Katagiri/Kyodo News via AP)

साउन,८,२०७५
टोक्यो: जापानमा अत्यधिक गर्मीका कारण गत आइतबारसम्म ६५ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ । यी ६५ जनामध्ये एक छ वर्षीय बालकसमेत रहेका छन् । उनी बिद्यालयको शैक्षिक भ्रमणबाट फर्किए लगत्तै बेहोस भएकोले उपचारार्थ अस्पतालमा भर्ना हुँदा उनको मृत्यु भएको जानकारी दिएको यियो ।
साथै अत्याधिक गर्मीको कारण उत्पन्न रोग र संक्रमणको उपचार गराउन २२ हजार ६४७ जना अस्पताल भर्ना भएका प्रकोप नियन्त्रण विभागले मङ्गलबार जानकारी दिएको छ । यद्यपी प्रकोप नियन्त्रण विभागका अनुसार जुलाइदेखि जापानमा तातो हावाको कारण ८० व्यक्तिको मृत्यु हुनुको साथै ३५ हजार उपचारार्थ अस्पताल भर्ना भएका छन् ।
केही दिनयता यहाँको तापक्रम अनायासै बढेपछि त्यहाँका सरकारले आफ्नो जनतालाई अनावश्करुपमा घाममा ननिस्कन सूचना जारी गरेको जनाएको छ । सोमबार टोक्योको बाहिरी इलाकामा रहेको कुमागाया शहरको सैतामा क्षेत्रमा ४१.१ डिग्री सेल्सियससम्म तापक्रम पुगेको रिकर्ड गरिएको छ ।
यो तापक्रम पाँचवर्ष यताकै उच्च भएको सरकारी तथ्याङ्कमा रहेको जनाएको छ । यसैबीच क्योतो सहरमा लगातार एक हप्ता बढी समययता ३८ डिग्री सेल्सियसभन्दा माथि तापक्रम रहेको जनाइएको छ । जापानमा तापक्रमको रेकर्ड राख्न थालिए यताकै यो उच्च तापक्रम भएको जापान सरकारको मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
जापानको शिक्षा मन्त्रालयले विद्यालयलाई उच्च गर्मीबाट जोगिनका लागि सक्दो उपाय अपनाउन सूचना जारी गरेको छ । त्यसैले कतिपय जिल्लाका प्राथमिक विद्यालयको पठनपाठन पनि बन्द गराइएको छ । अरु एक दुई दिनसम्म यस्तो गर्मीको मौसम रह्यो भने अन्य विद्यालय बन्द गर्ने बारेमा पनि सोच्न सकिने अधिकारी बताउँछन् ।
जापानमा यसै महिनाको शुरुमा भएको ठूलो वर्षाका कारण उत्पन्न बाढी र पहिरोले २०० भन्दा धेरैको ज्यान गएको थियो । उक्त बाढी र वर्षा पनि यहाँ गएको करिब ४० वर्षपछिकै सबैभन्दा ठूलो भनिएको थियो । बाढीको प्रकोप घटेपछि लगत्तै यो तातो हावा चल्न थालेको छ ।
यसलाई कतिपय मौसमविद्ले यसलाई जलवायु परिवर्तनसँग तुलना गरेर पनि हेरेका छन् । यस विषयमा यहाँका अधिकारीले भने केही बताएका छैनन् । रासस/एएफपी
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend