logo
  • शनिबार, साउन ३० २०८३

टर्कीको विमानस्थलमा आत्मघाती बम आक्रमण,३६ को मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

 काठमाडौं, असार १५।
टर्कीको राजधानी स्थानबुलमा रहेको मुख्य विमानस्थलमा आत्मघाती बम आक्रमण तथा अन्धाधुन्ध गोली प्रहार भएको छ । आक्रमणमा   ३६ जनाको ज्यान गएको छ ।
_90148237_mediaitem90148236
युरोकपको सबै भन्दा व्यस्तमध्य एक स्थानबुलको विमानस्थलमा तीन जना आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा तथा बम विस्फोटका कारण कम्तिमा ३६ जनाको ज्यान गएको हो । घटनामा १ सय ४० भन्दा धेरै घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आक्रमणकारीले अटाटुर्क अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको मुख्य प्रवेशद्वारमा आक्रमण गरेका हुन् ।
Ataturk-international-airport-attack
प्रहरीले गोली चलाउन थालेपछि आक्रमणकारीले आफैलाई विस्फोट गराएका थिए । आक्रमण योजनाबद्ध रुपमा भएको देखिने अधिकारीलहरुले बताएका छन् । आक्रमणपछि अटाटुर्क विमानस्थलमा जहाजको उडान तथा अवतरण रद्द गरिएको छ । सरकारी अधिकारीले नागरिकलाई विमानस्थल वरपर नजान आग्रह गरेका छन् । गएको वर्ष सरकार स कुर्द चरमपन्थीबिचको युद्ध विराम भंग भएपछि टर्कीमा यसकिसिमका आक्रमण हुँदै आएका छन् ।649b526dfaa43a45_GettyImages-543490722विमानस्थलमा भएको आक्रमणमा कुर्द चरमपन्थी वा इस्लामिक स्टेट आइएसको संलग्नता हुन सक्ने अनुमान गरिएको छ । टर्कीका राष्ट्रपति रिसेप टयिप एर्डोगानले आक्रमणको निन्दा गर्नु भएको छ । उहाँले आतंकवाद विरुद्ध संयुक्त अभियानका लागि आह्वान गर्नु भएको छ । यस्तै अमेरिकाले आक्रमणलाई जघन्य अपराध भन्दै टर्कीलाई सहयोग गर्न तयार रहेको बताएको छ । जर्मनीले पनि आक्रमणको निन्दा गरेको छ ।160628200750_turkey_istanbul_blast_reuters_624x351_reuters
एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend