logo
  • शनिबार, भाद्र २० २०८३

एकता समाज कतारको पाचौं राष्ट्रिय सम्मेलन तयारी अन्तिम चरणमा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

टेक राज थापा , कतार ।
कतार नेपाली एकता समाजको पाचौं राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।
समाजको २० जुलाईमा बसेको मुल आयोजक समितीको बैठकले सम्मेलन को तयारी अन्तिम चरण मा पुगेको जानकारी गराएको हो ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पुर्ब उपप्रधानमन्त्री चित्र बहादुर केसी समाजको पाचौं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्न कतार आउने भएका हुन । मुस्लिम धर्मावलम्बीहरुको इध–अल–अधाका दिन समाजको सोही पाचौं राष्ट्रिय सम्मेलनको आउने खबरले कतारमा कार्यरत शुभेच्छुकहरु हर्षित भएका छन ।
केसीलाई कतार ल्याउन भिसा प्रक्रिया पुरा भइसकेको र कार्यक्रम हल बुकिङ तथा सम्पुर्ण कार्यहरु पुरा भएको समाजका अध्यक्ष लुमाकान्त पुनले बताए । समाजले गत १३ जुलाई २०१८ का दिन एक प्रेस विज्ञप्ती मार्फत जारी गर्दै सम्मेलन सफल पार्न कतारमा कार्यरत नेपाली जनसमुदायहरुमा अपिल गरेको थियो ।
सम्मेलन सफल पार्नका लागि विगतका दिनहरुमा जस्तै आर्थिक, नैतिक, भौतिक सहयोगका लागि सम्पूर्ण बैचारिक संगठन , व्यवसायी, समाजसेवी, बुद्धिजीवी,लगायत शुभेच्छुकहरुमा प्रेस विज्ञप्ती मार्फत् हार्दिक अपिल गरेको छ ।


प्रकाशित मिति : ७ साउन २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend