साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी साउन ५।
रेसुङ्गा नगरपालिका १० को सिमीचौर स्वास्थ्य चौकी व्यावस्थापन समितिको पुर्नगठन गरिएको छ ।
समितिको संरक्षकमा रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसाल, अध्यक्षमा रेसुङ्गा नगपालिका वडा नं १० का वडाध्यक्ष पदम प्रसाद पाण्डेय, उपाध्यक्षमा देव बहादुर बस्नेत, सदस्यमा नन्द कुमार पोखरेल, झविन्द्र घिमिरे, नेत्र प्रसाद अर्याल र सदस्य सचिवमा ओम बहादुर थापा क्षेत्री रहनुभएको छ ।
नवगठित समितिले सिमिचौर स्वास्थ्य चौकीको निवर्तमान व्यवस्थापन समितिलाई अहिलेसम्म संस्थालाई यहासम्म ल्याउन खेलेको भुमिका र आगामी दिनमा सहयोगको अपेक्षासहित धन्यवाद ज्ञापन दिने निर्णय गरेको छ ।
साथै सिमिचौर स्वास्थ्य चौकीको निवर्तमान व्यवस्थापन समिति र सल्लाहकार समितिका पदाधिकारीहरुलाई श्रावण २८ गतेका विशेष कार्यक्रमको आयोजना गरी सम्मान गर्ने समेत निर्यण गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend