साझा नेटवर्क
प्रेम सुनार, गुल्मी आषाढ १४।
केन्द्रमा १० माओवादी विच एकता भएपनि गुल्मीमा भने आज दुई माओवादी विच एकता भएको छ । क्रान्तिकारी माओवादीको नेतृत्व गरी रहेका विरबहादुर कार्की सहित सवै माआवादी कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा आज एकतावद्ध भएका छन् ।

हिजो एउटै थालममा खाएका र द्धन्द्धकालमा निरङकुश शाही सरकार विरुद्ध संगै लडेका माओवादीहरु तम्घासको वालमन्दिर सभाहलमा मुवहलमा मुठ्ठी उठाएर एकताको उद्घोष गर्दा भावुक वातरण बनेको थियो । समय परिस्थतीले हामीेलाई केहि समय विभाजित बनाए पनि आज एउटै थलोमा नेताहरुलाई उभ्याई दिएकोमा गौरव लागेको बताउँदै नेता विरबहादुर कार्कीले अव सवै माओवादी एक नभए सम्म जनताले मुक्ती नपाउने धारण राखेका थिए ।

एकता भेलामा केन्द्रिय सचिवालय सदस्य तथा ५ नम्वर प्रदेश ईन्चार्ज चन्द्रपाणी खनाल (वलदेव)ले प्रशिक्षण दिएका थिए । कार्यकर्ताहरुलाई अर्का केन्द्रिय सचिवालय सदस्य जयप्रसाद शर्मा (अपार) , पुर्णबहादुर घर्ति र वसन्त घर्ति मगरले पनि प्रशिक्षण दिएका थिए ।

भेला आयोजक समितिका संयोज केन्द्रिय सदस्य दिनेश पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्का केन्द्रिय आयोजक समिति सदस्य निमबहादुर पाण्डेको स्वागत मन्तव्य र विरबहादुर कार्कीको सञ्चालन रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend