logo
  • शनिबार, भाद्र २० २०८३

ब्रिटेनको ‘क्रेडिट रेटिंग’ घटुवा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

युरोपेली संघबाट बाहिरिने निर्णयले ब्रिटेनको आर्थिक सम्भावना निराशाजन रहने अनुमान गर्दै विभिन्न वित्तीय निकायहरुले उसको ‘क्रेडिट रेटिंग’ घटाएका छन्। यसको अर्थ ब्रिटेनले उसका वित्तीय प्रतिवद्धताहरु पूरा गर्ने विश्वसनीय आधार गुमाउंदै गएको भन्ने हो।

घटुवा
स्टयाण्डर्ड एण्ड पोर्स अर्थात एस एण्ड पी नामक वित्तीय निकायले दिदैं आएको ‘एएए’ स्तरको ‘क्रेडिट रेटिंग’ ब्रिटेनले गुमाएको छ।

यसैगरी प्रतिद्वन्द्वी निकाय फिचले ब्रिटेनको एए प्लसको ‘क्रेडिट रेटिंग’लाई ‘एए’मा घटुवा गरेको छ। त्यस्तो घटुवा ब्रिटेनमाथि वित्तीय निकायहरुको विश्वास गुमेको संकेत हो र यसका कारण ब्रिटेनलाई अन्तर्राष्ट्रिय बजारबाट ऋण लिन अप्ठ्यारो पर्नेछ।

किनकी जति उपल्लो ‘क्रेडिट रेटिंग’ भयो त्यति कम ब्याजदरमा ऋण पाइन्छ र घटुवा भए ठीक उल्टो अवस्था आउंछ। यसअघि ब्रिटिश अर्थमन्त्री जोर्ज ओजबर्नले बजारमा देखिएको चिन्ता सम्बोधन गर्ने प्रयास गरेका थिए तर त्यसको प्रभाव खासै नपरेको जस्तो देखिन्छ।

उनले अर्थतन्त्रमा केही बदलाव ल्याउन जरुरी भएपनि ब्रिटेन, इयुबाट बाहिरिएसंगै उत्पन्न हुने परिस्थितिसंग जुध्न सक्षम रहेको बताएका थिए। यसअघि मुडिज भन्ने वित्तीय निकायले पनि ब्रिटेनको आर्थिक सम्भावनालाई स्थायीबाट घटुवा गरेर ऋणात्मकमा पुर्याएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend