logo
  • शनिबार, भाद्र २० २०८३

मोना कतारले पूर्व अध्यक्ष शाहीलाई बिदाई गर्यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, दोहा ।
मोना कतारले सस्थाका पूर्व अध्यक्ष किरण शाहीलाई बिदाई गरेको छ । शाही कतारको बसाईलाई बिट मार्दै स्वदेश फर्किन लागेको अवसरमा सस्थाले बिदाई तथा आजिवन सदस्यता वितरण गरेको हो ।कतारमा रहेका म्याग्देलीहरुले समस्यामा मोना कतारको सहयोग अविस्मरणीय भएको बताएका छन् । रोजगारको सिलसिलामा कतारमा पुगेका म्याग्देलीहरुको साझा संस्था (मोना) कतारको स्थापाले समस्यामा परेका म्याग्देलीलाई राहत मिलेको बताइएको थियो । मोना कतारका पूर्व अध्यक्ष किरण शाहीलाई विदाई तथा आजिवन सदस्यता वितरण कार्यक्रमको अवसरमा बोल्दै मोना कतारका संस्थापक अध्यक्ष एवम् मोना आइसीका उपाध्यक्ष प्रेम रसाईलीले कतारमा रहेका म्याग्देली बीचको एकता र सक्रियतालाई थप बलियो बनाउनुपर्नेमा जोड दिए ।कार्यक्रममा मोना कतारका संरक्षक, पूर्व अध्यक्ष तथा मोना आइसीका सचिव विक्रमले कतारमा रहेका म्याग्देलीको दुख र सुखको साथीको रुपमा संस्थाले आफ्नो परिचय स्थापित गरेको बताए । उनले कतारमा रहेका म्याग्देलीको समस्या समाधानमा नेतृत्व तथा संस्थागत गतिविधिमा अतुलनीय योगदान दिएका शाहीको विदाईले भाबुक बनाएको बताए ।कार्यक्रममा पूर्व अध्यक्ष एवम् संरक्षक रेशम शाही, सल्लाहकार हिमाल सुबेदीले कतारबाट जन्मभूमीमा पुगेका तथा विश्वका कुनैपनि देशमा रहेका सहकर्मीहरुसंग सहकार्य गरेर अगाडी बढ्ने बताए । उनले संस्थागत, सामाजिक तथा आर्थिक संकलन अभियानमा समेत सहयोगको प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष शाहीले आफु जन्मभुमीमै केही गर्ने योजना बनाएको बताए ।मैले संस्थागत गतिविधिले धेरै सिकाएको छ, भविस्यमा धेरै काम गर्ने योजना बनाएको छु’ शाहीले भने । उनले मोना कतारलाई जहाँ भएपनि निरन्तर सहयोग गर्ने बताए ।

सोही अवसरमा शाहीलाई आजिवन सदस्यताको प्रमाणपत्र, दोसल्लाले भब्य सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता अध्यक्ष रमेश पौडेल, सञ्चालन देवी कँडेल र स्वागत उपाध्यक्ष मिन कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend