साझा नेटवर्क
साझा नेटवर्क, दोहा ।
रोल्पा जलजला सेवा समाज दोहा कतारको मासिक बैठक शुक्रबार सम्पन्न भएको छ । बैठक समाजका अध्यक्ष शिव बुढाथोकीको अध्यक्षतामा बसेको हो ।
सो मासिक बैठकमा बैठकमा समाजका अग्रज तथा सल्लाहकार, कार्यसमिति सदस्य लगायत रोल्पालीहरुको उपस्थित रहेको थियो । सोहि बैठकका अवसरमा समाजले सह-कोषाध्यक्ष नवराज पुनलाइ बिदाइ गरेको छ । पुन कतारको बसाईलाई बिट मार्दै स्वदेश फर्कन लागेका हुन् ।
पुनलाइ समाजका सल्लाहकार संयोजक वसन्त थापाले दोसल्ला ओडाएर सम्मान गगरका थिए भने क्रमशः समाजका सल्लाहकार शुर्य बहादुर बिक, चेतमान रोका, गोपाल केसि, उपाध्यक्ष धिरेन्द्र डाङी, कोषाध्यक्ष शिबलाल केसि, महासचिव देबराज पुन लगायतले सम्मान गरेका थिए ।
समाजका अध्यक्ष शिव बुढाथोकीले समाजको तर्फबाट मायाको चिनो तथा सम्मान-पत्रद्वारा सम्मान गरेका थिए । बैठकमा बोल्दै बुढाथोकीले प्रवासको बसाई बिट मार्दै नेपाल फर्किन लागेका पुन मिलन्सार, कुशल, इमान्दारी रहेको बताउदै शुभयात्राको शुभकामना दिएका थिए ।
उक्त बैठकमा समाजले विविध विषयमा छलफल गर्दै आगामी मासिक बैठक स्थगित गरेको जानकारी दिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend