logo
  • शनिबार, भाद्र २० २०८३

मगर संघ कतारले कलाकार राईलाई बिदाई गर्यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

बिजय कुमार मगर, कतार ।
गत शुक्रबार नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्वमा मानार्थ सदस्य,कला तथा सांस्कृतिक विभागका कुशल नृत्यांगना कन्चन राईको प्रमुख आतिथ्यमा उहांको बिदाई कार्यक्रम दोहाको नज्मा स्थित अल नक्यान रेस्टुरेन्टमा सम्पन्न भएको छ ।
13558861_1321248841237587_2895587838337820029_o
उक्त कार्यक्रममा बिशेष अतिथि संघका प्रमुख सल्लाहकार भिम तरामु मगर र अतिथिहरु कम्रश नेपाल मगर संघ, शाखा कतारका सल्लाहकार जनक थापा मगर, केन्द्रिय समितिका प्रथम उपाध्यक्ष शेर बहादुर रोका मगर द्धितिय उपाध्यक्ष लिलम्बर चिदी मगर, नेपाल प्रवासी मगर बचत कोषका अध्यक्ष केशव राना मगर, महिला बिभाग संयोजक इशोरा थापा मगर कला तथा सास्कृतिक बिभागका सचीव सोम थापा मगर ,सनैया “ए“ एरिया समितिका सचीव रेशम आले मगर, दोहा एरिया समितिका कोषाध्यक्ष अशोक आले मगर, साहानिया एरिया समितिका उपाध्यक्ष नरेन्द्र लायो मगर, वक्रा एरिया समितिका सदस्य दिल मगर, र मानार्थ सदस्यहरु टेक रसाइली, माइली माया वाइवा र रोशिका लामा हुनुहुन्थ्यो भने कला तथा सांस्कृतिक विभागका सदस्य तथा कलाकारहरुको उपस्थित रहेको थियो भने कार्यक्रम संघका महासचिव बिजय मगरले संचालन गरेका थिए ।

उहांलाई कला तथा सांस्कृतिक विभागमा मा आबद्ध भई एक कुशल नृत्यांगना को भुमिका निर्वाह गरी एघारौं कार्यकाल सम्म आई पुग्दा सम्म नेपाल मगर संघ, शाखा कतारको मानार्थ सदस्य (छुट) रहेर निष्ठा एवं ईमान्दारीका साथ आफ्नो दायित्व निर्वाह गर्नुका साथै संघको सामाजिक तथा सांस्कृतिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्नुभई संघलाई अतुलनीय सहयोग पु¥याएकोेमा उहाँको योगदानको उँच्च कदर गर्दै पुनः कतार नफर्कने गरी स्वदेश फर्किन लाग्नु भएको अवसरमा धन्यवाद सहित संस्थाको तर्फबाट अध्यक्ष महेन्द्र थापा मगरले खादा ओढाएर र कदर पत्र प्रदान गरेका थिए भने प्रमुख सल्लाहकार भिम तरामु मगरले संघको लागो अंकित मायाको चिनो प्रदान गर्नु भएको थियो ।

यसरीनै मायांको चिनो प्रदान गर्नु हुनेहरुमा जानु थापा मगर, भिम थापा मगर अनि कला तथा सास्कृतिक बिभाग बाट पनि मायाको चिनो सचीव सोम थापा मगरले प्रदान गर्नु भएको थियो साथै उपस्तिथि अतिथिहरुले खादा ओढाएर सम्मान गरेका थिए । कलाकार राई नोभेम्वर २०१३ देखि यस नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको कला तथा सांस्कृतिक विभागमा आवद्ध भई कुशल नृत्यांगनाको रूपमा यस संघको सामाजिक तथा कला क्षेत्रवाट सहयो पु¥याउंदै आई रहनु भएको थियो ।

भने उहाँले दिनु भएको योगदानको कदर गर्दै नेपाल मगर संघ, शाखा कतारको केन्द्रिय समितिको सातौं बैठकवाट पारित गरी ३४औं मगर दिवस कार्यक्रममा संस्थाले मानार्थ सदस्य(छुट) प्रदान गरेको थियो । मानार्थ सदस्य तथा कलाकार कन्चन राईले कार्यक्रममा मन्तव्य राख्दै भन्नूभयो भौगोलिक दुरि बाट रहेपनि जुन सहयोग र सम्मान नेपाल मगर संघ, शाखा कतारले गरेको छ यसको अगाढी मेरो योगदान अतिनै थोरै रहेको र यसरी नै यस संघलाई साथ दिईरहने प्रतिवद्धता गर्दै संपुर्ण कलाकार मित्रहरु तथा नेपाल मगर संघ, शाखा कतारका सदस्यहरुलाई धन्यवाद दिदै आफू जहाँ बसे पनि मगर संघ, कतार लाई कहिले नबिर्सेन बताउनु भयो ।

अन्तमा, कार्यक्रमका सभापति महेन्द्र थापा मगरले भन्नु भयो उहाँले संस्थालाई दिएको योगदानको संस्थाले जहिले पनि सम्झिरहने छ । एउटा कुशल कलाकार तथा मानार्थ सदस्यलाई संस्थाले बिदाइ गर्नु पर्दा यस संघले संधैभरी उहांको अभाव महशुस गरि रहनेछ । साथै उहाँको आगामी दिनहरु अझै प्रगतिशील पथ तिर लम्किरहोस भन्दै शुभकामना को साथमा उहांको नेपाल वसाई सुखमय आनन्दमय रहोस् भन्ने कामना सहित अन्तमा उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend