logo
  • शनिबार, भाद्र २० २०८३

“इद अल फितर ” को अवसरमा कतारको जेलमा रहेका १७ नेपाली रिहा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
कतारको कारागारमा विभिन्न कारणले बन्दी जीवन बिताइरहेका १७ जना नेपालीको  आममाफी सहित रिहाइ गरेको छ।

इस्लाम धर्मावलम्बीहरुको महान पर्व अर्थात ( इद अल फितरको ) अवसरमा प्रत्येक बर्ष आममाफी दिने प्रचलन छ । नेपाली नियोग दोहाले कतार सरकार समक्ष गरेको अनुरोधमा निजहरुको चालचलन तथा कैद भुक्तानीको आधारमा कतारका अमिरबाट उक्त अवसरमा १७ जना नेपाली कैदीहरुलाई आममाफी सहित रिहाइ गरिएको दुतावास बताएको छ।

बाँकी २९ जना कैद भुक्तानीको क्रममा रहेको जानकारी सहित नेपाली दूतावास कतारले  सामाजिक संञ्चजाल मार्फत बिज्ञप्ति प्रकाशन गरेको छ ।


प्रकाशित : मिति १९ असार २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend