logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीमा स्रोत केन्द्र स्तरिय त्रैमासिक परिक्षाको तयारी पुरा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी आषाढ १३ ।
दोहोली स्रोत केन्द्र स्तरिय त्रैमासिक परिक्षाको सम्पूर्ण तयारी पुरा भएको छ । परिक्षा असार १४ गतेबाट केन्द्र अन्तरगतका ६ वटा मावि, ९ निमावि र २६ प्राविमा एकैसाथ संचालन हुँदैछ ।

परिक्षाका लागी प्रश्नपत्र तयार गर्ने तथा बिद्यालहरुमा वितरण गर्ने कार्य सकिएको दोहली स्रोत केन्द्रको अगुवा बिद्यालय रामराज्य उमाविका प्रध्यानाध्यापक गुणाखर अर्यालले बताउनुभयो । आइतबार बसेको प्रध्यानाध्यापकहरुको बैठकलले परिक्षालाई कसरी व्यवस्थित र म¥यादित एवं गुणस्तरिय बनाउन सकिन्छ भन्ने बिषयमा छलफल गरेको थियो । पहिलेका परिक्षाहरु बिद्यालय आफैले प्रश्नपत्र तयार गरी संचालन गर्दै आएका थिए ।

सिकाई उपलब्धि र परिक्षा प्रणालीमा एकरुपमा ल्याउन पहिलो पटक स्रोत केन्द्र स्तरिय परिक्षा संचालन गरेको स्रोतव्यक्ति लाल बहादुर कुवंरले बताउनुभयो । साथै एकै साथ सवै बिद्यालयमा परिक्षा सकेर असार २७ गतेबाट साउन २५ गते बर्षे बिदा दिने निर्णय केन्द्रले गरेको छ । स्रोत व्यक्ति कुवंरका अनुसार साउन २६ गतेबाट सवै बिद्यालय संचालन गरी नतिजा प्रकाशन गरिनेछ । परिक्षा बिहान साढे १० बजेबाट संचालन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend