साझा नेटवर्क
लालबहादुर ढेंगा, दुबई ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युएई शाखाको प्रथम अधिवेशन विविध लोक सांगीतिक माहौलमा सम्पन्न भएको छ । सो अधिवेशनले दुई बर्षे कार्यकालका लागि अध्यक्ष जस्तो गरिमामय पदमा गोपीकृष्ण पंगेनीलाई निर्वाचित गरेको हो ।
उक्त अधिवेशनको प्रमुख अतिथिमा नेपाली राजदूतावास अबुधावीका कार्यवाहक राजदूत सागरप्रसाद फुयाल रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता संयोजक गोपीकृष्ण पंगेनीले गरेको थियो । त्यसैगरी विशिष्ठ अथितिमा रमेश बिजी वरिष्ठ उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कृष्ण आशु केन्द्रीय सदस्य राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु रहेका थिए ।
अन्य अतिथिहरुमा समाजसेवी, बुद्धिजीवी, कलाकार र पत्रकारहरु रहेका थिए । कार्यक्रमको थालनी प्रमुख अतिथि, सभापति, बिशिष्ठ अतिथि र अन्य अतिथिहरुको दीप प्रजोलनका साथ नेपाली राष्ट्रिय गीतबाट भएको थियो ।
दुई चरणमा विभाजित गरिएको कार्यक्रमलाई पहिलो चरणको औपचारिक कार्यक्रमलाई ओमप्रकाश पोखरेलले संचालन गरेको थियो भने दोस्रो चरणको सांगीतिक कार्यक्रमलाई ओमकुमारी खांडले संचालन गरेकी थिईन् । सो अधिवेशनका लागि एकेन्द्र थापाको संयोजकत्वमा सदस्य निर्भिक नारायण भुर्तेल र खिमलाल पाण्डेको तीन सदस्यीय निर्वाचन समिति बनाएको थियो ।
उक्त निर्वाचन समितिले आगामी २ बर्षे कार्यकालका लागि २५ सदस्यीय नयां कार्यसमिति निर्वाचित गरेको छ । जसमा क्रमशः अध्यक्षमा गोपीकृष्ण पंगेनी, उपाध्यक्षमा ओमकुमारी खांड, नारायण न्यौपाने, कोषाध्यक्षमा बिक्रम पौडेल, सह–कोषाध्यक्षमा गोपाल भट्टराई, सचिवमा ओमप्रकाश पोखरेल, सह–सचिवमा अमित बिश्वकर्मा र महिला सचिवमा लक्ष्मी केसी रहेको छ ।
त्यसैगरी अन्य सदस्यहरुमा प्रकाश ढकाल, राजेश भण्डारी, हेमबहादुर भण्डारी, अनिश दुवाडी, बिरेन्द्र ढेंगाल, पारु मगर, हर्क सिंह, रमेश राणा, केविन जंग शाही, नरेन सापकोटा, बिमा देवी न्यौपाने, मणु क्षेत्री, बिकाश अधिकारी, होमनाथ कुंवर, कृष्ण सुनार, सुनिता गैरे र यमलाल पराजुलीलाई निर्वाचित गरेको छ ।
कार्यक्रमलाई स्थानीय कलाकारहरुले धेरै मनोरञ्जनात्मक बनाएको थियो । हलमा त्यसै त गर्मी अझै सालै जो गीतमा दर्शकहरु झुम्न थालेपछि गर्मीको चाप बढेको आभास हुन्थ्यो ।
दुबईमा निकै चर्चित दीपक गुरुङ र समिरा सुनारको नृत्यले सुनमा सुगन्ध थपिदिएको थियो । दैनिक आ–आफ्नो ड्यूटीमा व्यस्तता रहेता पनि शुक्रबारे बिदाको सदुपयोग गर्दै आफ्नै मौलिक सांगीतिक माहौलमा रम्न र रमाउनु पाउंदा गाउंबेशीको झझल्को मेताएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend