logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीमा प्रथम मालिका रडिङ्गशिल्ड प्रतियोगीता शुरु


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल , गुल्मी असार ३ ।
प्रथम मालिका रडिङ्गशिल्ड प्रतियोगीता शुरु भएको छ । जय अम्बिका युवा क्वल मालिका ६ अर्जेको आयोजना प्रतियोगीता अर्जे पोखराबारीमा संचालन भएको हो ।
खेलको प्रमुख अतिथी मालिका गाउँपालिका ६ का वडाध्यक्ष तथा प्रवत्ता शोभाखरगिरीले उद्घाटन गरे । प्रतियोगीताको उद्घाटन गर्दै गिरीले राज्यको समग्र खेल क्षेत्रको विकासको लागि अव स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिए । उनले अनुसासन र स्वास्थ्य दृष्टिकोणले समेत खेल क्षेत्र अत्यन्तै महत्वपूर्ण भएकाले मालिका रनिङ शिल्ड प्रतियोगीताको आयोजना गरिएको बताए । प्रतियोगीतामा गाउँपालिकाका नौ बिद्यालयको सहभागीता रहेको छ ।
आइतबार पहिलो दिन नेटा दर्लिङ्ग मावि दर्लिङ्ग र मेहाले मावि ह्वाङी बिच भलिवल प्रतियोयीता सम्पन्न भएको छ । असार ५ गतेसम्म संचालन हुने प्रतियोगीतामा अन्तर मावि स्तरिय छात्र छात्रा स्तरिय भलिवल, लङजम्प, हाइजम्प, सटफुट र सय मिटर दौड लगायतका खेलहरु संचालन हुनेछन् ।
प्रतियोगीतामा रनिङ्ग शिल्प प्राप्त गर्ने बिद्यालयले नगद २० हजार, मेडल र प्रमाणपत्र, उपबिजेताले १२ हजार मेडल र प्रमाणपत्र, सान्तोनाले आठ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष प्रकाश पराजुलीले जानकारी दिए ।

क्लवका अध्यक्ष पराजुलीको अध्यक्षता रहेका कार्यक्रमको संचालन अर्जे मावि शिक्षक हिमलाल घर्तिले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend