logo
  • शनिबार, साउन ३० २०८३

एसएलसी परिक्षामा उत्तिर्ण हुने विद्यार्थीहरु सम्मानित


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिश शर्मा गैरे, गुल्मी आषाढ १२ ।
गोल्डेन फ्येचर एकाडमी वामीमा गत वर्ष एसएलसी परिक्षामा उत्तिर्ण हुने सम्पुर्ण बिद्यार्थीहरुलाई मायाको चिनो सहित सम्मान गरिएको छ । शैक्षिक बर्ष २०७२ मा सम्पन्न भएको परिक्षामा बिद्यालयबाट पहिलो ब्याचको रुपमा १६ जना बिद्यार्थीहरुले परिक्षा दिएका थिए ।

आज एक कार्यक्रमको आयोजना गरिएको उनीहरुलाई मायाको चिनो सहित सम्मान गरिएको हो । बिदालयका अध्यक्ष महेश बहादुर जिसीको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष सुदर्शन शाक्य, कोषाध्यक्ष गोपिकृष्ण खरेल, सदस्य अग्निधर लोहनी, प्रद्यानाध्यापक रामु तिवारी, सहायक प्रद्यानाध्यापक चन्द्र राई तथा सम्पुर्ण शिक्षक शिक्षिका तथा बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रद्यानाध्यपक तिवारी तथा अध्यक्ष जिसीले मन्तब्य ब्यक्त गर्दै बिद्यार्थीहरुको उच्च शैक्षिक सफलताको कामना गर्दै पहिलो ब्याचले राम्रो नतिजा ल्याएको भन्दै खुशी ब्यक्त गर्नुभएको थियो । कार्यक्तमको सञ्चालन बिद्यालयका शिक्षक दुर्गा सापकोटाले गर्नुभएको थियो । नतिजा अनुसार एक जनाले ए ग्रेड, ६ जनाले बि प्लस तथा अन्य बिद्यार्थीले बि ग्रे्ड ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend