logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीको उर्लेनीमा बस दुर्घटना गराउने चालकलाई २ वर्ष कैद


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी आषाढ १२ ।
लापरवाही गरी बस दुर्घटना गराउने पाल्पा अर्गली गाविस वडा नं २ का २५ बर्षिय श्रीधर पाण्डेयलाई दुई बर्ष कैद फैसला भएको छ । पाण्डेय गएको ०७२ असोज १८ गते रेसुंगा नपा १४ को उर्लेनीमा दुर्घटना हुने बसका चालक हुन् ।
20160624_111148[1]
उनलाई आइतबार जिल्ला अदालत गुल्मीका न्याधिस मातृका प्रसाद मरासिनीले सवारी तथा यातयात व्यावस्था ऐन २०४९ को दफा १६१ (२) बमोजिम दुई बर्ष कैदको फैसला गर्नुभएको हो । ५ जनाको ज्यान जाने गरी भएको दुर्घटनामा लाप्रबाहि अभियोग लागेका पाण्डेलाई प्रहरी आफैले ओभर स्पिड थियो भनि दिएको बयान, भिडियो रेकर्ड, रोड एक्सीडेन्ट रिर्पोट, प्रत्यक्षदर्शी र घाइतेको भनाइको आधारमा उक्त फैसला गरेको मरासिनीले बताउनुभयो ।

लु १ ख ४१६१ नं को बस दुर्घटना हुँदा रोहित मरासिनी, सिजन परियार, भीम कुमारी श्रीस, राम बहादुर चुँदरा र करण चुँदराको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend