साझा नेटवर्क
कमल पौडेल, बाग्लुंग आषाढ,१२।
स्थानिय सरोकारवालाको लागी सामाजिक स्वास्थ्य शुरक्षा विमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम शिसाखानी मा सम्पन्न भएको छ । कार्यक्रममा सामाजिक स्वास्थ्य विमा बाग्लुङ जिल्ला संयोजक जिवलाल खरेलले स्वास्थ्य विमा मार्फत हरेक नागरीकलाई स्वास्थ्यको पहुँच कायम गर्न लागीएको वताउनु भएको छ।
शिसाखानीमा क्रियाशिल राजनैतिक दल सामाजिक संध संस्था लगाएतको सहभागिता रहेका कार्यक्रममा राजनैतिक दलको तर्फवाट नेपाली काग्रेसका शिसाखानी सभापति यामेन्द्र घर्तिले वोल्नु भएको थियो । कार्यक्रम गाविस अध्यक्ष एवं सचिव विर वहादुर थापाको अध्यक्षता, महिला स्वास्थ्य स्वयंसेविका धन माया घर्तिको स्वागत मन्तव्य तथा हेपो इन्चार्ज भक्त वहादुर श्रीसको संचालनमा सम्पन्न भएको थियो ।
हाललाई बाग्लुङ, कैलाली र इलाममा स्वास्थ्य विमा कार्यक्रम संचालन भैरहेको छ भने आगामी वर्ष देखि अन्य जिल्लामा स्वास्थ्य विमा कार्यक्रम संचालन गरिने नेपाल सरकारले जनाएको छ । भाद्रवाट स्वास्थ्य विमा को सहयोग प्राप्त गर्न असार मसान्त सम्म विमा गरिसक्नु पर्ने पाँच जनाको परिवारको लागी पच्चिससय तिर्दा पचास हजार सम्मको उपचार निशुल्क हुने कार्यक्रममा जानकारी गराईएको थियो । त्यस्तै शिसाखानीमा अभिकर्ता ज्योती घर्तिले घरदैलो कार्यक्रम समेत संचालन गर्ने वताउनु भएको शिसाखानीवाट साथी समिर पुनले जानकारी दिनुभएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend