logo
  • शनिबार, भाद्र २० २०८३

नेपाली दुतावास कतारले गणतन्त्र दिवस मनायो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार जेठ १६।
११ औं गणतन्त्र दिवसको अवसरमा राजदुतावास कतारले विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाएको छ । मंगलबार दूतावासमा आयोजित कार्यक्रममा माहमहिम रमेश प्रसाद कोइरालाको सभापतित्व रहेको थियो ।

त्यस्तै दुतावासका नियोग उपप्रमुख मणिरत्न शर्माको स्वागत मन्तव्यबाट सुरु गरिएको उक्त कार्यक्रममा कतारमा कृयासिल सामाजिक संघ संस्था प्रमुखहरु बैचारिक, समाजसेवी, बुद्धिजिवि, व्यवासायिक तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा माहमहिम राजदुत कोइरालाद्वारा नेपालको राष्ट्रिय झन्डा फर्फराई कार्यक्रमको सुभारम्भ गरिएको थियो । कार्यक्रममा विभिन्न वक्ताहरुले बोलेका थिए । नेपाली कला केन्द्रका कलाकारहरुले  देश भक्ति गीत सिनकोटी पुर्व घर संसार एउटै हो सबै आफ्ना प्रस्तुति पस्तुत  गरेका थिए ।

नेपाली समुदाय तथा सुभेच्छकहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम सभ्य एवम् भव्य रुपमा सम्पन्न भएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend