logo
  • शनिबार, साउन ३० २०८३

वाग्लुङ्ग र गुल्मीका झण्डै १५ गाविसमा विद्युत अवरुद्ध


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्राधिकरणले पैसा नदिएको भन्दै प्राविधिकले मर्मत गर्न मानेन
no-light
प्रेम सुनार, गुल्मी आषाढ १०।
गएराती अविरल वर्षा संगै आएको अविरल वर्षा संगै आएको गुल्मी क्षेत्र पहिरोले नम्वर १ को भुर्तुङ्ग लगायतका विभिन्न गाविसका हाईटेन्सन लाईनका पोलहरु बगाएर ढलाउँदा गुल्मी र वाग्लुङ्गका गरी १५ वटा गाविसमा विद्युत अवरुद्ध भएको छ ।

बाग्लुङ्ग वरेङ्गका समाचार सहयोगी हिरा पुनले दिएको जानकारी अनुसार मर्मतमा जुट्नु पर्ने गुल्मी भुर्तुङ्ग, खड्गकोट, फोक्सीङ्ग, पुर्तिघाट, जयखानीका प्राविधिकहरुले विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले गत वर्ष काम गरेको पैसा आफुहरुलाई नदिएको भन्दै मर्मत कार्य वहिस्कार गरेर बसेका छन् ।

जयखानी, पुर्तिघाट र खड्गकोट सामुदायिक विद्युतिकरणका प्राविधिक प्रकाश महताराले भने–‘ गत वर्ष अर्वेनी र जयखानीको विचमा रहेको निधारेको हाईटेन्सन लाईन कोखैकौ ठुलो रुख ढल्दा ढल्यो त्यो मर्मत गर ज्याला दिन्छौ भन्यो विद्युत प्राधिकरण गुल्मीले र गरियो त्यसको पैसा अहिले सम्म दिएका छैन् । हिजो राती खड्गकोटकोटमा दुई वटा हाईटेन्सन लाईनको पोल र पुर्तिघाटमा एउटा पोल पहिरोले बगाएर ढलेको छ , त्यो मर्मत गर भनेर अहिले हामीलाई प्राधिकरणका हाकीमले भनेका छन तर यो काम प्राविधकरणको हो , हामीले गर्दैनौ भनेर भनि दियौं ।

उनले त्यस ठाउँ सहित अन्य चार पाँच स्थानमा प्राधिकरण गुल्मीले हाईटेन्सनलाईन लगायतको मर्मत गर्न लगाएर २५ हजार भन्दा बढि श्रम शोषण गरेको गुनासो गरे । ‘यि तिन वटा गाविसमा मैले हेर्छु , फोक्सीङ्गमा दिनेश राना, भुर्तङ्गमा भुपाल गिरी , वाग्लुङ्गको हुग्दीशिर वरेङ्गमा मनबहादुर पुन् , वाटाकाचौरमा हर्कबहादुर श्रीस् सामुदायिक विद्युतका प्राविधिक छौं, हामी कसैले पनि हाम्रो श्रम शोषण गदै आएको प्राधिकरण गुल्मीको काम गर्दैनौ बरु दशौ दिन अँध्यारोमा बस्न किन नपरोस्–महताराले भने ।

उनका अनुसार त्यहाँका तिन वटा हाईटेन्सन लाईनका पोल पहिरोले बगाउँदा त्यस भेगका ४४ वटा ट्रानसफर्मर अन्तरगत वाग्लुङ्गका तिन गाविस सहित दर्जनौ गाविसको विद्युत सुविधा अवरुद्ध भएको छ । मर्मत खर्च झण्डै साढे दुई लाख जती लाग्ने भएको उनिहरुको अनुमान रहेको छ । यस सम्वन्धमा विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख दिपक सापकोट संग सम्पर्क राख्दा त्यहाँका प्राविधिकहरु मर्मतमा आनाकानी गरेपछि पुर्तिघाट सामुदायिक विद्युतिकरणका अध्यक्षलाई फोन गरेर मर्मत गरी दिन लगाई सकेको बताए ।

उनले भने–‘ केहि महिना अघि सडक दुर्घटनामा परी मृत्यु भएका यस कार्यालयका प्राविधिक जिवकान्त पाण्डेले त्यहाँका प्रविधिकहरुलाई काम लगाएका रहेछन् उनको मृत्यु पछि सम्झौता के थियो केहि थाह छैन् । यसर्थ उनिहरुलाई पैसा दिने सवालमा पछि कुरा गर्दै जाउँला , अहिले उनै अध्यक्षबाट मर्मत गराएर तत्कालको समस्या समधान गरौ भन्ने कुरामा जोड दिउँ, त्यो कुरा अहिले नउठौं ।

उता पुर्तिघाट सामुदायिक विद्युतिकरणका अध्यक्ष देउकुमार घर्ति मगर संग सम्पर्क राख्दा उनले आफुलाई प्राधिकरणबाट मर्मतका लागि आग्रह गरे पनि मर्मत खर्च नपठाए सम्म गर्न नसकिने बताए । उनले भने–‘खड्गकोटमा भोली गएर स्थलगत अध्यान गर्छु, प्राविधिकहरु संग बुझ्छु खर्च कति लाग्छ त्यो जानकारी प्राधिकरणमा गराउँछु पैसा पठाउने भए मर्मतको जिम्मा लिन्छु नत्र लिदैन , मेरो पनि प्राविधिकहरु कै चाल भयो भने के गर्ने ? ’

– कहाँ जान्छ वर्षेनी झाडी फडानीको ४ लाख रुपैयाँ ?
विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रकै प्रमुख दिपक सापकोटाको शव्दमा विद्युत पोल छेउछाउँका रुख र झाडी फँडानीका लागि प्रत्येक वर्ष तिन देखि चार लाख सम्म आउने गर्दछ । तर झाडी फडानीको अवस्था भने गाउँ गाउँमा गएर हेर्दा हुन्छ , विद्युतको तारले रुख छोएको हुन्छ । सल्लाको रुख र वाँसको टेको विद्युतको पोल बनेको प्रष्ट देख्न सकिन्छ ।

पुर्तिघाट लगायतका गाविसमा मर्मत गर्न ढलेको रुख तर्काउन सामुदायिक विद्युतका प्राविधिकहरुलाई लगाईन्छ र उनिहरुलाई काम गरेको पैसा दिईन्न । अखिर कहाँ जान्छ त ? वर्षेनी त्यो तिन चार लाख रुपैयाँ ? भन्ने प्रश्न अहिले त्यस भेगका प्राविधिकहरुको श्रम शोषणले पनि उव्जाएको छ । धेरै टाढा नजाउँ, रेसुङ्गा नगरपालिका भित्रैका पोलहरु र रुखहरुको अवस्था हेरौ, रुखको कुरा नगरौं, जनताको खेतवारीमा लगाईएको मकैका वोटमा विद्युतको तार लत्रिएको देख्न सकिन्छ ।

त्यही कारणले खेतीपाती गर्न , गाई भैसी हेर्न जंगल र वारीमा पुगेका यस जिल्लाका थुप्रै जनताको अकालमा मृत्यु भई सकेको छ , ईस्मारजस्थलमा गत वर्ष एक जना महिलाको मृत्यु भयो , एक जना थातै दिशा पिशाव हुँदै थला परेकी छिन् । त्यस्तो अवस्था गत केहि वर्ष यता अरु सर्वसाधरणले पनि भोग्दै आएका छन् । त्यो रकमले कहाँ कहाँ झाडी फँडाीनी भयो त ? भन्ने प्रश्नमा प्रधिकरण प्रमुख सापकोटा हाँस्दै भन्छन –‘ ल धेरै ठाउँमा गरियो नि , रिडी देखि विरवास सम्म त्यस्तै ६ /७ ठाउँमा फँडानी गरिए होला ।’

तर प्राधिकरणको गतिविधीहरुलाई नजिकबाट नियालेका एक जिम्मेवार राजनैतिक दलका नेता यस्तो आरोप लगाउदै भन्छन् –‘ गरे उनिहरुले फँडानी , वर्षेनी झाडी फँडानीमा आएको तिन चार लाख रुपैयाँ आफैले खान्छन र केहि ठाउँमा झारा टार्छन् ।झारा मात्रै टारेको उनको आरोप केहि हद सम्म सहि जस्तो लाग्छ, गुल्मी जिल्लाका थुप्रै गाविसका रुखमा र खेतीपातीमा लत्रिएका विद्युतका तार र पोलहरुको अवस्था देख्दा । यसर्थ पनि सर्वसाधरणाको बुझाई पनि ति नेताको जस्तै रहेको छ ।

त्यस्तै विद्युतका पोलहरु बुटवलबाट ढुवानी गरेर ट्रकमा ल्याने क्रममा पनि कमिशनको खेल हुने चर्चा धेरै पहिलै देखि चल्दै आएको छ । यस्तो आरोपलाई अस्वीकार गर्दै त्यस कायालय प्रमुख सापकोटा भन्छन् –‘ हामीले त निर्धारित दर रेट अनुसार धुवानीको प्रवन्ध मिलाई दिने गर्दछौं , त्यस्तो गलत कुरा हुँदैन् । ’ ढुवानीका क्रममा विल एउटा भित्रि मोलतोल अर्को हुने गरेको समाचार श्रोतको दावि छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend