साझा नेटवर्क
प्रेम सुनार, गुल्मी आषाढ १०।
यो वर्षायाममा आकेश पानीले मुल फुटेर सम्हाली नसक्नु पानी छ गाउँ– गाउँमा । पानी बढि भएर बाढि पहिरो समेत जाने गर्दछ । तर गुल्मीको सदरमुकाम तम्घासमा खानेपानीको हाँहकार भएको छ । तम्घास बृहत लिफ्टीङ्ग सिस्टम खानेपानी आयोजना मार्फत यहाँका १७ सय घरधुरी उपभोक्ताहरुले पानी उपोभग गर्ने गर्दछन् ।
‘तम्घास भित्र यस आयोजनाका झण्डै १७ सय वटा धारामा पानी आपुर्ती हुने गर्दछ । ति धाराबाट दैनिक १० लाख लिटर सम्म पानी खपत हुने गर्दछ’– त्यस आयोजना उपभोक्ता समितिका अध्यक्ष भुवनप्रसाद श्रेष्ठले भने–‘ तर अहिले दिनमा चार–पाँच घण्टा सम्म विद्युत नआउँदा लिफ्टीङ्ग सिस्टमको पानी माथी ट्याङकीमा दिनमा एक डेढ लाख लिटर पनि चढाउन मुस्कील परे पछि यस्तो समस्या आएको हो ।
श्रेष्ठले खानेपानी जस्तो जनताको अत्यवाश्यक कुरामा समेत विद्युत प्राधिरण गुल्मी वितरण केन्द्रले साह्रै खेलाँची गरेको बताए । उनले थपे–‘त्यही छिमिकी जिल्ला पाल्पामा लोडसेडीङ्गको वेलामा समेत लिफ्टीङ्ग सिस्टम खानेपानी योजनामा लोडसेडिङ्ग गर्दैन तर हेनुस् त यो गुल्मीमा हिजो मात्रै तिन घण्टा भन्दा बढि समय बत्ती नआउँदा पानी माथी चढ्न सकेन ।
तम्घासको ओखरेनी खोला देखि माथी भुजेलखर्कको २ सय ६५ मिटर उचाई र पाईप लाईन ६ सय मिटर लम्वाई रहेको मुख्य ट्याङकीमा पानी संकलन भई तम्घासलाई पानी वितरण गरिन्छ । त्यस योजनाबाट थागीथुम , उपल्लो तम्घास, सोता र चारीखोला उपभोक्ता समितिको ट्याङ्गकीमा विरण गरेर झण्डै २० हजार भन्दा बढि मानिसलाई थेग्ने गर्दछ ।
५ वर्ष अघि नेपालमै नमुनाका रुपमा तम्घासका उपभोक्ताहरुले संकलन गरेको र नेपाल सरकारले समेत गरी एक करोड भन्दा बढि लागतमा निर्माण सम्पन्न भएको तम्घास बृहत खानेपानी योजना यहाँको पानीको मुख्य श्रोत हो । जुन श्रोत अहिले विद्युत नियमित नहुँदा झण्डै १० लाख लिटर दैनिक पानी आवस्यक पर्ने ठाउँमा दिनमा एक डेड लाख लिटर संकलन गर्नु पर्दा यति वेला यहाँको समस्य कति परे होला भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।
घरको धारामा पानी नआउँदा तम्घासका वासीन्दा, वाहिरबाट आएका विद्यार्थी, कर्मचारी र व्यवसायीहरु तम्घासको पुरानो पँधेरो चिदीचौर मुनीको गौमुखेधारा र पारी चारी खोलामा भिड लाग्ने गरेका छन् । दिनभर जसो बत्ती नआउँदा मध्ये रात सम्म बत्ती आयो कि त्यस योजनाका कार्मचारीहरु ओखरेनी खोलामा बसेर पानी सञ्चालन गर्न खटेका हुन्छन् । छिनमै बत्ती आउने, छिनमै जाने भएका कारण चार पाँच वटा पम्प समेत बिग्रेर घाटा सहुनु परेको अध्यक्ष श्रेष्ठ बताउ छन् ।
गुल्मी जिल्लामै सम्भवत सवै भन्दा बढि राजश्व तिर्ने उक्त खानेपानी योजनालाई विद्युत प्राधिकरणले यसरी वेवास्ता गर्नु विडम्वनाको कुरा भएको श्रेष्ठको भनाई छ । उक्त योजनाले त्यसै प्राधिकरणलाई मासिक एकडेढ लाख सम्म विद्युत महशुल तिर्ने गरेको बताउँदै श्रेष्ठले दुखेसो गरे–तर दुखको कुरा उसले विद्युत नियमित गर्नु त परै जाओवस प्रविधिीहरु विग्रेको वेला पटक पटक गुहार्दा पनि समयमा नआउने गरिएको छ ।
खानेपानी जस्तो अत्यावश्यक कुरामा विद्युत प्राधिकरण गुल्मीले वेवास्ता गरेको अध्यक्ष श्रेष्ठको गुनासो त्यस कार्यालयका प्रमुख दिपक सापकोटा संग राख्दा उनले अब देखि तम्घासमा दिनमा तिन घण्टा भन्दा बढि समय बत्ति गएर आफु संग औला ठडाउन चुनौती दिए । भने–बुटवलको लाईनले नथेगे शान्तिपुरबाट जोडेर भए पनि मैले तम्घासलाई विद्युत अवरुद्ध हुन दिने छैन्, घडी हेरेर बस्नु होला कहिले काँही दिनमा ३ घण्टा भन्दा बढि समय बत्ति गएको पाउनु भयो भने मलाई फोन गर्नु होला ।
उनको त्यो भनाईलाई श्रेष्ठले पत्याउन सकेनन् । उनले भने–‘ वोली र कागजमा सिमित प्राधिकरण गुल्मीमा जुन जोगी आए पनि कानै चिरेको भने झै भएको छ , विगतमा त्यत्रो आन्दोलन गर्दा पनि केहि शिप लागेन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend