साझा नेटवर्क
बुटवल, आषाढ १०।
नेपाली कांग्रेस बुटवल उप महानगरपालिका वडा न. २२ का क्षेत्रीय प्रतीनिधि कांग्रेसका नेता मेख बहादुर सेनको ६५ वर्षको उमेरमा निधन भएको छ । २००८ साल माघ ८ गते स्याङ्जामा जन्मि हाल बुटवल उप महानगरपालिका २२ मा बस्दै आउनुभएका उहांलाई मस्तिष्क घात भई उपचारका लागि काठ्मांडौ लगिएको र उहांको उपचारको क्रममा हिंजो निधन भएको हो ।
निधनपछि उहांको पार्थिव शरीरलाई दाहसंस्कारका लागि बुटवल ल्याइएको छ । उहांको पार्थिव शरीरलाई पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, क्षेत्र न. ४ का क्षेत्रीय सभापति हरि लम्सालले संयुक्त रुपमा पार्टीको झन्डा ओढाएर फूलमालाले अन्तिम श्रद्धान्जली दिनुभएको छ ।
श्रद्धान्जली अर्पणका लागि महाधिवेशन प्रतिनीधी राम ब.कार्की, हरिहर श्रेष्ठ, नगर सभापति खेलराज पाण्डे, नगर उपसभापति विमलराज भट्टराई, महाधिवेशन प्रतिनीधी रिजन श्रेष्ठ, बाबुराम विक, पार्टीका क्षेत्र न. ४ का क्षेत्रीय सचिव जग ब. खत्री, नेवी संघका जिल्ला सभापति विष्णु पोख्रेल, नेता उदयराज काफ्ले, पार्टीका जिल्ला सदस्य गोविन्द लम्साल, क्षेत्रीय सदस्य दुर्गा चापागाईं, नेपाली कांग्रेस वडा न. २१ का सभापति केशव पाण्डे, वडा न. २२ का सभापति हिम ब. खत्री लगायत सैयौं नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
उहांका २ छोरा, २ छोरी र १ श्रीमती हुनुहुन्छ । उहांको पार्थिव शरिरको दाहसंस्कारका लागि त्रिवेणी लगिएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend