साझा नेटवर्क
साझा नेटवर्क , दोहा कतार।
प्यूठान सेवा समाज कतारले हिजो एक कार्यक्रमको आयोजना गरी सस्थाको स्थापना दिवस मनाएको छ । अध्यक्ष बलदेव रानाको अध्यक्षतामा प्रमुख अथिति तथा संस्थाका पुर्व अध्यक्ष तथा बर्तमान सल्लाहकार कमल आचार्यको उपस्थितित्व रहेको थियो ।
प्युठान सेवा समाजले आयोजना गरेको हरेक कार्यक्रमहरुमा सधैं सहयोग गर्ने रोजिना बास्तोला ,ईन्दिरा खनाल प्युठानकी चेली दिपा के सी लगाएत सस्थामा आबद्द सम्पुर्ण पदाधिकारी तथा प्युठान बासीहरुको उल्लाखेनिय उपस्थितित्व रहेको थियो ।
उक्त कार्यक्रममा समुन्द्र खड्का प्युठान सेवा समाजका सक्रिय सदस्य भिम बहादुर सुनार ,कमल आचार्यले शुभकामना मन्तव्य राखेका थिए । साथै स्थापना दिवसको सुभ अवसरमा प्यूठानीहरुको साझा सहकारी सस्थाको सुभारम्भ गरेको छ। सहकारी सस्थाले कतारमा रहेका सम्पूर्ण प्युठान बासीहरुलाई गोल्बधित गर्ने र एक अर्कामा सहकार्य गरि अगाडि बढ्नु पर्ने अहिलेको आबस्यकता रहेको जीकर गर्दै उपस्थितिले प्रतिक्रिया पनि दिएका थियो ।
स्थापना काल देखि हाल सम्म भएका कार्य विवरण प्रस्टउदै सस्थाले आयोजना गरेको नवौं स्थापना दिवसलाई भब्य र सभ्य रुपमा सफल बनाउने दौराहनमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद प्रकट गर्दै कार्यक्रम सौहार्दपूर्ण बाताबरणमा समापन् गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव धर्म सिंह बिश्वोकर्माले गरेका थिए ।
कार्यक्रममा लिएका केहि दृश्यहरु हामि देख्न सक्छौ ।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend