साझा नेटवर्क
तिलु शर्मा पौडेल , दोहा कतार ।
सामजिक कार्यहरु दोहा कतार मात्र नभई जिल्लामा समेत अग्र स्थान रही आएको तनहुँ सेवा समाज दोहा कतारले जिल्लाको व्यास न पा १ स्थित श्री बुद्ध दाहाल बहिरा प्राथमिक विद्यालयका लागि पङ्खा, झुल,खाद्यान्न लगायतका सहयोग गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिजङ्ग बस्नेतको अध्यक्षता तथा राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थको प्रमुख आतिथ्यतामा गत बिहिबार बिद्यालयको प्रांगणमा एक कार्यक्रमको आयोजना गरि उक्त सहयोग सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा सेवा समाज कतारका अध्यक्ष केश गुर्छामान मगर, नगरपालिका १ का वडा अध्यक्ष खर सिङ दराई लगायतका ब्यक्तिहरु बिशेष अतिथि रहेका थिए भने अन्य बिभिन्न व्यक्तिहरु अतिथि रहेका थिए ।
ब्यानर अनाबरण तथा दिप प्रज्वलन तथा विद्यालयका प्र.अ. सुर्यचन्द्र खड्काको स्वागत मन्तब्य सहित अघि बढेको कार्यक्रममा बोल्दै दराइले दरैले वडाले प्रदान गर्ने सेवाका बारेमा जानकारी गराउँदै सबैको सानो सानो सहयोगले अपाङ्गता भएका बालबालिकाको भविष्य निर्माण गर्न सहज हुने बताए । बालबालिकाका लागि वडाबाट हुन् सक्ने सबै सहयोग गर्न आफु तयार रहेको बताए ।
अध्यक्ष मगरले प्रबासमा संकलित रकम नेपालका गरिव, असाहय एकल परिवार, ज्येष्ठ नागरिक र मृर्गौला पीडितलाई सहयोग गर्ने गरिएको जानकारी गराए । उनले जिल्लाको मात्र नभएर देशको हर दुखमा र कतारमा पनि बिभिन्न समस्या झेली रहका नेपालीहरुलाई समेत सहयोग गर्दै आइ रहेको बताउदै अर्काको दुख आफनो दुख ठानी सबैले एकताबद्ध भएर सहयोग गर्न सके अपाङ्गता भएका बालबालिकाहरुको मात्र नभएर हरेक दुखि पिडितको भविष्य उज्वल बनाउन सकिने विस्वास व्यक्त गरे ।
राष्ट्रिय सभाका सदस्य समेत रहेका प्रमुख अतिथि सांसद पन्थले पार्टीगत आस्थालाई बिर्सेर आर्थिक समृद्धि गराउने प्रतिबद्धता जनाएकाले अव छिट्टै मुलुक समृद्ध बन्ने विश्वास लिए । समृद्ध तनहुको पक्षमा मुद्धामा लड्दै जनप्रतिनिधि बनेकाले यिनै मुद्धामा नै समर्पित रही काम गर्ने प्रतिवद्धता जनाए । कतारमा प्रबासी जिबन बिताई रहदा जिल्लाको हरेक दुखमा मलम बन्न प्रेणादायी भूमिका खेलेकोमा समाजको प्रशंसा गर्दै पन्थले कतार परिवारलाइ धन्यबाद प्रकट गरे । कार्यक्रमलाई सफल बनाउन समाजका उपाध्यक्ष नारायण ढुङ्गाना, महासचिव पदम गिरी लगायतले कतार देखि बिशेष समन्वय गरेका थिए ।
समाजका नेपाल प्रतिनिधि तथा कार्यक्रम संयोजक विकास भुजेलले सञ्चालन गरेको कार्यक्रममा बोल्दै सभापति बस्नेतले सहयोग सामाग्री सानो ठुलो हुन् सक्ने तर सहयोगी भावना सबै भन्दा ठुलो हुने हुदा सबै पक्षबाट भावना ठुलो बनाइ दिन आग्रह गर्दै सबैलाई सहयोगको याचना गर्दै समाजको कतार परिवारलाई धन्यबाद दिदै कार्यक्रमको समापन गरेका थिए l
समाजले आगामी हप्ता जिल्लाको दक्षिणी भागका २ वटा गाउँपालिका घिरिङ र ऋषिङको सेन्टर पर्ने गरि एक कार्यक्रमको आयोजना गरि सोहि क्षेत्रका गरिब, बिपन्न तथा असाहय व्यक्तिहरुको सहयोग हस्तान्तरण गर्ने कार्ययोजना रहेको जानकारी समाजका महासचिब पदम गिरीले दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend