साझा नेटवर्क
प्रेम सुनार, गुल्मी आषाढ ९।
जिल्ला विकास समिति गुल्मी सहित यहाँका सम्पुर्ण कार्यालयहरुले आज सदरमुुकाम तम्घासमा गरेको यस आर्थिक वर्षको अन्तिम चौमासिक सार्वजानिक सुनुवाई कार्याक्रममा बढि मात्रमा सडक निर्माणमा सम्झौता अनुसारको नहुँदै ठेकेदारहरुलाई संवन्धित निकायले रकम भुक्तानी दिने गरेको गुनासो उठ्यो ।

त्यस्तै त्यस सार्वजानिक सुनुवाई कार्यक्रममा अधिकांस व्यक्तिहरुले बढि मात्रमा विद्युत प्रधिकरण गुल्मी वितरण केन्द्र , तम्घास सिमलटारी प्युठान सडक परियोजना कार्यालय, जिल्ला प्राविधिक कार्यालय, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र जिल्ला शिक्षा कार्यालय विरुद्ध औला ठडाए ।
विद्युत प्राधिकरणले नियमित बत्ती दिन नसकेको र विभन्न स्थानमा ट्रान्सफर्मर फेर्ने लगायतको मर्मत कार्यमा वेवास्ता गरेको विषयमा उपभोक्ताहरुले आवाज उठाए । त्यस्तै जिल्ला खानेपानी तथा सरसफाई कार्यालयले ईस्मारजस्थल दोहली दर्लामचौर खानेपानी योजनाको दुई वटा सकेट विग्रेर पानी जंगलभरी बगेर खेर गएको यता जनता काकाकुलको अवस्थामा रहँदा पनि वेवास्ता गरेको गुनासोे दोहलीका समाज सेवी चन्द्रबहादुर महतले गरे ।
उनले भने – ‘म सोही कार्यालयमा आएर गुनासो राख्दा पनि त्यस कार्यालयका हाकिमले वेवास्ता गर्नु भयो । महतले दोहली, ईस्मा रजस्थल चैयाँ हुलहुँदै पौद अमराई सम्म जोड्ने सडकमा काम एक ईन्च पनि नभएको आरोप लगाउँदै भने–‘ म सोध्न चाहन्छु काम नहुँदै भुक्तानी दिने कार्यालय को हो जवाफ पाउँ । भुक्तानी दिने कार्यालय तम्घास सिमिलटारी प्युठान सडक आयोजनका ईन्जिनियर विष्णु पाण्डेले जवाफ दिदै भने–‘ काम हुँदै नभएको चाँही होईन तर प्रतिफल राम्रो भने नआएकै पक्कै हो ।
उनले उक्त सडक २७ लाखमा सम्पन्न गर्ने सम्झौता भएको र १२ लाख भुक्तानी दिएको जानकारी गराए । दोहलीका अर्का समाज सेवी लक्ष्मण विष्टले अर्को सडक छिनुवाखोला, घमिर अर्खवाङ्ग जाने सडकमा पनि वर्षायाममा डोजर चलाएर काम भन्दा पनि पैसा सक्न गरिएको महशुस भएको बताए । उनले भने–‘ त्याँ पनि सजिलोमा डोजर लगाउने आफ्ठुयारोमा छुदै नुछुने र अहिले असार मशान्तको मुखमा आएर झार टार्ने काम भएको छ , त्यहाँ पनि भुक्तानी दिने कार्यालयले जवाफा दिनुहोस् ।
त्यसको जवाफ दिदै जिल्ला प्रवित्रिक कार्यालयका प्रमुख ईन्जिनियर प्रकाश थापाले त्यसमा भुक्तानी दिई नसकिएकोले अनुगमन पछि मात्र दिने बताए । उता गौडाकोट जुभुङ्ग मजुवा जोड्नेबाटोमा वर्षेनी ठेकेदारले पैसा मात्र सक्ने तर जनता हिडेर यात्रा गर्ने गरेको गुनासो स्थानियले गरेका छन् । वर्सेनी लाखौ रकम पर्ने र सडकक परियोजनका कार्यालयका ईन्जिनियर ठेकेदारलृ खुसुक्क सडक खन्ने अनि हिउँदमा खनेको सडक वर्षायाम लागे पछि उस्तै हुने रोगले ग्रस्त त्यस सडकमा हाल सम्म परेको रकमले पिच नै हुन्थ्यो ।
स्थानिय समाज सेवी हरिप्रसाद गौतमले भने–‘ खै वर्षेनी लाखौं रकम प¥यो भन्छन हामी स्थानियलाई थाहै दिईन्न , ल हेर्नुस् सडकको हविगत यस्तो छ । केहि महिना अघि खनिएको त्यो सडकमा पहिरो जाँदा त्यस भेग सहित शान्तिपुर क्षेत्र सम्मका जनताले सास्ती खेप्दै आएका छन् । त्यस्तै झण्डै चार वर्ष विति सक्दा पनि धुर्केट देखि भनभने जोड्ने जुरेखोला पुलको काम अलपत्र परेको प्रति सम्वन्धित निकायको ध्यानकृष्ट गराईएको थियो । जिल्ला शिक्षा कार्यालय ट्रश काण्डको पनि त्यस कार्यक्तममा जोडदार ढंगले उठाईयो ।
जिल्ला शिक्षा अधिकारी ज्यु किन स्थानिय साधन श्रोतलाई प्राथामिकता नदिई करोडौको ट्रश सिधै बुटवल बनाउन दिईयो ? के छ रहस्य ? भनेर प्रश्न कर्ताहरुले सोधेका थिए । त्यसको जवाफ दिदै जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले त्यसमा जिल्ला शिक्षा कार्यालयको कुनै संलग्नता नभएको सफाई दिए । जिल्ला पशु सेवा कार्यालयमा सम्झौत गर्न आउनेहरु संग कमिशनको वार्गेनिङ्ग हुने गरेको यसै समाचारदाताले उठाएको थियो । त्यसको जवाफमा त्यस कार्यालयका एक जना प्रतिनिधीले त्यस नहुने गरेको बन्दै बचाउ गरे ।
म यसको जवाफ सिडियो सावबाट पाउन चाहन्छु भने पनि सिडियो प्रदिपराज कँडेलले छानविन गरेर पछि जानकारी दिने बताए । त्यस कार्यक्रममा हरेक चौमासिक सार्वजानिक सुनुवाईमा सरोकारवाला कार्यालयले प्रतिवद्धता जनाउने तर अर्को चौमासिक सुनुवाईमा काम नहुने गरेको गुनासो पनि सुनाईयो । यस अघिको दोश्रो चौमासिक वस्तुमा भएको थियो । प्रस्तुतकर्ता एकिकृत ग्रामिण विकास समाजका अध्यक्ष हिरा एसीले त्यस स्थानमा भएको सार्वजानिक सुनुवाईमा गरिएका मुख्य ७ वटा प्रतिवद्धताहरुको जवाफ माग्दा धेरै जसो प्रतिवद्धतामै सिमित भएको पाईयो ।
प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेलको अध्यक्षतामा भएको सार्वजानिक सुनुवाई कार्यक्रममा विभिन्न राजनैतिक दल, संघ संस्था सवै कार्यालयको प्रतिनिधीत्व रहेको थियो । सार्वाजानिक सुनुवाई कार्यक्रममा सर्वसाधरणको भन्दा कर्मचारीहरुकै बढि भिड थियो । स्थानिय विकास अधिकारी डिलाराम पन्थीको अध्यक्षतामा भएको कार्याक्रममा अर्को सह आयोजक संस्था रेसुङ्ग नगरपालिका प्रमुख वावुराम पल्ली कार्याक्रमको औचित्य वारे प्रकाश पारेका थिए भने सञ्चालन पत्रकार जनार्दन घिमिरेले गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend