साझा नेटवर्क
यज्ञमुर्ति तिमल्सिना, पाल्पा आषाढ ०९ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पाल्पामा नेपाल मानवअधिकार वर्ष पुस्तक–२०१७ का लागि संकलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको पुष्टि गर्ने उद्देश्यले अर्ध वार्षिक पूर्व समिक्षा कार्यक्रम बिहीवार तानसेनमा सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक पाल्पाका प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले पछिल्लो छ महिनाको अवधिमा जर्वजस्ती करणी ४, जर्वजस्ती करणी प्रयास १, बहुबिवाह २, बालिका बेचबिखनका १, बलात्कार पछि हत्याको १ गरि ९ वटा घटनाहरु अभिलेख गरिएको जानकारी गराए । समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले इन्सेकले हरेक वर्ष मानवअधिकार सम्वन्धी घटनाहरु संकलन र सार्वजनिक गर्ने जस्तो महत्वपूर्ण काम गर्दै आएको भन्दै धन्यवाद ज्ञापन गरे । उनले मानवअधिकारको दस्तावेजले कानुन कार्यान्वयन गर्ने राज्यका निकायहरूलाई समेत थप संवेदनशील बनाएको बताए ।
प्रहरी उपरीक्षक हरिराज वाग्ले, बरिष्ठ पत्रकार मेघराज शर्मा, पूर्व सांसद यादव बहादुर रायमाझी, मालपोत अधिकृत नवराज बस्याल, पत्रकार महासंघका सचिव किरण कौशल, पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष गोविन्द भट्टराई, मानवअधिकारकर्मी दिवाकर पाण्डे, नमिता बस्याल, बार एसोसियसन पाल्पाका उपाध्यक्ष शालिकराम घिमिरे लगायतले यस प्रकारको कार्यक्रमले जिल्लाको मानवअधिकारको अवस्थाबारे छलफल गर्ने बातावरण सृजना गरेको बताए ।मानवअधिकार एलाइन्स पाल्पाका अध्यक्ष भगवान भण्डारीको संचालन र इन्सेकका पूर्व प्रतिनिधि माधव बश्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend