साझा नेटवर्क
अनिल खत्री , गुल्मी बैशाख १३ ।
गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर जिल्लाको मदाने गाउँपालिका ३ निवासी ४५ वर्षिय हेमा क्षेत्री रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
रानालाई बिहिवार साँझ घरको आगानमा बसिरहेको अबस्थामा चट्याङ लागेर घटना स्थलमै मृत्यु भएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend