साझा नेटवर्क
प्रेम सुनार, गुल्मी आषाढ ९ ।
हिजो देखि सदरमुकाम तम्घासमा चलेको नेपाल तरुण दलको चौथो जिल्ला अधिवेशनलले भरत भलामीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ । त्यस्तै पुर्व अध्यक्ष तथा सो संगठनको माउ पार्टी नेपाली कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीलाई केन्द्रिय पार्शदमा सर्वसम्मत निर्वाचित गरेको छ ।
त्यस्तै जिल्ला उपाध्यक्षमा मधुसुधन ज्ञवाली, सचिव वावुराम कंडेल , कोषाध्यक्ष तारा केसी निर्वाचित भएका छन् । त्यस्तै महिला महाधिवेसन प्रतिनिधीमा राधा पन्थी, गोमा घर्ती, त्यस्तै विभिन्न वर्ग–समुदायबाट केन्द्रियनि महाधिवेशन प्रतिनिधीहरुमा लुमबहादुर श्रीपाली, सन्तोष शाक्य, तिलकराम खरेल निर्वाचित भएको पार्टी सचिव खिलध्वज पन्थीले जानकारी दिए ।
नव निर्वाचित अध्यक्ष भरत भलामीले छोटो प्रतिकृया दिदै राजनैतिक दलहरुले युवाहरुलाई प्रयोग गरेर पछि फाल्ने परिपाटीको अन्त्य गर्ने वताए । उनले भने–‘ हरेक पार्टीले हामी युथहरुलाई युज एण्ड थ्रो गर्ने परिपाटी रहेको छ, त्यसको अन्त्य गर्नेमा म लाग्ने छु।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend