logo
  • शनिबार, भाद्र २० २०८३

नेपाल जापान विद्यार्थी समाजको वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम अन्तिम चरणमा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

सन्तोष चोखाल , जापान ।
आगामी अप्रिल २९ तारीख़ सम्पन्न हुन लागेको नेपाल जापान विद्यार्थी समाजको वार्षिकोत्सव तथा सांस्कृतिक धमाका २०१८ को तयारी अन्तिम चरणमा पुगेको छ ।
समाजले दोस्रो वार्षिकोत्सवको अवसरमा प्रकाशन गर्ने ‘ विद्यार्थी डायरी- २ ‘ लगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको समाजका केन्द्रीय अध्यक्ष चेतन पौडेलले बताए। जापानमा रहेका चर्चित कलाकारहरूको साथमा बेजोड़ सांगितिक धमाकाको समेत तयारी रहेको कार्यक्रम संयोजक यदुराम सापकोटाले बताएका छन् ।

कार्यक्रममा चर्चित कलाकारहरू युवराज आचार्य ,रामकृष्ण बम मल्ल ,सूर्य खड़का ,सोना केसी संगै हास्यकलाकार कुमार श्रेस्ठ’फर्सीलाल’को बेजोड़ प्रस्तुति रहनेछ । कार्यक्रमकै दिन जापानमा पहिलो पटक सुरु गरिएको जापानी भाषा निबन्ध लेखन प्रतियोगिताको नतीजा घोषणा संगै पुरस्कार वितरण लगायत विभिन्न विधामा सम्मान समेत गरिने जनाइएको छ।

सोहि दिनको १२ बजेबाट बाराकाँडे गुड टाइम्स सिनोकूबो टोकियोमा कार्यक्रम बेलुका ५ बजेसम्म चल्ने जनाइएको छ । प्रबेस सुल्क नि:शुल्क रहेको हुदा जापानवासी तथा बिभिन्न पेशागत कार्यरत बुद्दिजिबि ब्यबसाहिक समाजसेबी नेपाली दाजुभाई दिदीबहिनीहरुलाई गरिमाय उपस्थितिको लागि हार्दिक आह्वान गरेको छ ।

साथै सोही दिन अति उपयोगी पुस्तक ‘विद्यार्थी डायरी २ बिमोचन गरिने छ ‘ कार्यक्रम हलमै नि:शुल्क रूपमा वितरण गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend