साझा नेटवर्क
तिलु शर्मा पौडेल , दोहा ।
मध्य पुर्बको खाडी रास्ट्र अन्तर्गत दोहा कतारमा सन् २००६ मा सेवा नै धर्म हो भन्ने मूल नारालाई आत्मसाथ गर्दै स्थापना भएको नुवाकोट सेवा समाजले नयाँ बर्ष धमाका २०७५ को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।
“बृद्धाश्रम तथा शारीरिक अपाङ्गहरुको सहयोगार्थ” आयोजना गर्न लागिएको उक्त कार्यक्रम आउदो सुक्रबार दोहा सहरको मुटुमा रहेको गल्फ प्याराडाइज होटेल (जैदा बृज नजिक) मा सम्पन्न हुदै छ। दोहा कतारमा हरेक सुक्रबार केही न केही कायक्रम हुने गरेको भए पनि यो कार्यक्रमको उदेश्य एकदमै फरक रहेको र शारीरिक अपाङ्गतामा पनि बिसेष त् मेरुदण्डको समस्या भै वृद्धाश्रम तथा अस्पतालको बेडमा छट्पटी रहेका दिन दुखिलाई सहयोग गर्ने मुख्य लक्ष्य रहेको कुरा सस्थाका अध्यक्ष तथा कार्यक्रमका ब्यबस्थापक हरिराम खड्काले जानकारी दिएका छन ।
नुवाकोट सेवा समाजको आठौ प्रस्तुतिको रुपमा गर्न लागिएको नया बर्ष धमाका २०७५ लाई सफल बनाउन नेपालबाट ४ जना रास्ट्रिय स्तरका फरक फरक विधाका कलाकारहरु आउदै छन । जसमा सुगम गायक तथा संगीतकार रुपक डोटेल , लोक दोहोरि गायिका स्मृति गौतम, लोक पप गायक मदन थापा र म्य म्यन्दोमाया गायिका मनमाया वाइबा रहेका छन भने कतारमा स्थापित एक दर्जन कलाकारले आफनो सांगीतिक प्रस्तुति दिने भएका छन ।
नेपालबाट आमन्त्रित अतिथि कलाकारहरु आउदो बुधबार कतार आइपुग्ने जानकारी कार्यक्रम संयोजक नारायण भण्डारीले दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend