साझा नेटवर्क
प्रेम सुनार, गुल्मी, आषाढ ९।
नेपाल प्रहरीबाट अवकास पाएको केहि महिना नवित्दै गुल्मी हस्तीचौर–१ तरीखर्क निवासी पुर्व प्रहरी नावय निरीक्षक लोकबहादु कँवर आज नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन ।

उनी आज नेपाल तरुण दलको जिल्ला अधिवेशनको उद्घाटन सत्रमा त्यस कार्यक्रमका प्रमुख अतिथी सांसद चन्द्र भण्डारीको हातबाट टिका अविर सहित स्वागत गरिदै नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनले आफु विगतमा नेकपा एमालेमा रहेको बताए पनि उक्त पार्टीले विगतमा उनि आफ्नो पार्टीमा रहे नरहेको पुष्टी भने गरेको छैन् । उनलाई पार्टी प्रवेश गराउनमा नेपाली कांग्रेस हस्तीचौर गाउँ सभापति चुराबहादुर खत्रीको हात रहेको बताईएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend