साझा नेटवर्क
प्रेम सुनार, गुल्मी आषाढ ८।
झण्डै आठ वर्ष पछि नेपाल तरुण दल गुल्मीको चौथो जिल्ला अधिवेशन सदरमुकाम तम्घासमा सुरु भएको छ । अधिवेशनको सो पार्टीका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्वर २ का सांसद चन्द्र भण्डारीले उद्घाटन गरेका हुन् ।

२०६४ सालमा हालका जिल्ला पार्टी सचिव खिलध्वज पन्थीको नेतृत्वमा तेश्रो जिल्ला अधिवेशन भएको र त्यस यता माओवादी जनयुद्ध, शान्ति प्रकृया लगायतको असहज परिस्थतीका कारण अधिवेशन ढिलो हुन गएको वर्तमान कार्यवाहक अध्यक्ष भरत भलामीले कार्यपत्र प्रस्तुत गर्ने क्रममा बताए ।

उद्घाटन सत्रमा अधिवेशनका केन्द्रिय प्रधिनिधी चिरञ्जीवी जोसी, तरुण दलका केन्द्रिय वरिष्ठ सदस्य जन्मजय तिमिल्सिना , नेपाली काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ, सचिव खिलध्वज पन्थी, निवर्तमान सभापति चन्द्र केसी लगायतका नेताहरुको सहभागीता रहेको छ ।

आज विहानै देखि अविरल वर्षा भएको कारण यो समाचार तयार पार्ने बेला सम्म गाउँ गाउँबाट कार्यकर्ता आउने क्रम जारी रहेको छ । ‘ वि.पी.को सपना , सुशान, समृद्धि र तरुणहरुको साँझेदारी’ भन्ने मुला नाराका साथ तम्घासको एभरग्रिन पार्टी प्यालेसको सभाहलमा चलिरहेको अधिवेशन युवाहरुको संख्या बढि र युवतीहरुको संख्या न्युन देखिएको छ ।

आज साँझ सम्म भव्य कार्यक्रमका विच उद्घाटन सत्र चल्ने र राती अवेस सम्मको बन्द सत्रले नयाँ कार्य समिति चयन गर्ने बताईएको छ । तरुण दलका कार्यवाहक जिल्ला अध्यक्ष भरत भलामीको अध्यक्षतामा चलिरहेको उद्घाटन सत्रमा जिल्ला सदस्य लिलाधर सापकोटाको स्वागत मन्तव्य र कार्य वाहक सचव वावुराम कँडेलको सञ्चालन रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend