साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पुर्ब गृहमन्त्री खुमबहादुर खड्काको १३ औं पुण्यतिथिका दिन नेपाली जनसम्पर्क समिति कतारले सोक सभाको आयोजना गरि श्रदान्जली अर्पण गरेको छ ।
उपचारका क्रममा गत ३० मार्च का दिन दिल्लीको एपोलो अस्पतालमा निधन भएका स्व खड्काको सोक सभा कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनसम्पर्क समिति कतारका संस्थापक सभापति एवं कांग्रेस महासमिति सदस्य नरेन्द्र भाटले खुमबहादुर खड्का निडर हक्की र कांग्रेसका लागि मात्र नभई देश र जनताका लागि समर्पित लोकप्रिय नेता थिए ।
इतिहास फर्केर हेरौ राष्ट्रवादी र विकास प्रेमी नेता भएकै कारण वहालाई फसाउने काम गरियो भ्रष्टचारमा लिप्त भएर देशको अरबौ रुपैया लुटेर हिनामिना गर्नेहरुले नै वहाको देहान्तपछी पनि सामाजिक संजालहरुमा नकारात्मक टिप्पणीहरु गरिरहेको प्रति आक्रोस पोखेका थिए । कार्यवाहक सभापति शंकर न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन महामन्त्री अजिज अलिले गरेका थिए ।
कार्यक्रममा बोल्दै एनआरएनका आइसीसी सदस्य एवं जनसम्पर्क समितिका निवर्तमान सभापति बिमल सुवेदीले कम उमेरमै स्व खड्काले राजनीतिमा होमिएर देशको परिवर्तनका लागि आफ्नो ज्यानको समेत प्रवाह नगरी प्रवासबाट बिपी संगै मेलमिलापको नीति लिएर नेपाल फर्केर जेलजीवन बिताएका थिए ।
तत्कालिन अवस्थामा निरङ्कुश राजतन्त्रका बिरुद्ध बोल्न पनि नसकिने अवस्थामा हजारौ बिद्यार्थी र युवाहरुलाई आन्दोलनका लागि सडकमा उतार्ने नेता भएको स्मरण गराउदै संगठन भित्र र बाहिर सबैको नजरमा बस्न सफल स्व खड्काको राजनैतिक ब्यबहारिक गुणलाई सबैले अनुशरण गर्नु पर्ने बताए ।
स्व खड्काकै गृह जिल्लावासी जनसम्पर्क समितिका पुर्ब सल्लाह्कार एवम १२ औ महाधिवेशन प्रतिनिधि अर्जुन खड्काले स्व खड्का नेपाली कांग्रेसका मात्र नभई कम्युनिष्टहरुका पनि लोकप्रिय अनि बिश्वाशिला नेता भएको आफ्नो अनुभव सुनाउदै उनको घरमा दैनिक कांग्रेस र कम्युनिष्ट कार्यकर्ताहरुको भिड नै लाग्ने गर्थ्यो बिकासका लागि सबैका प्रिय नेता थिए उनको भनाइ थियो ।
कार्यक्रममा महामन्त्रीले तयार पारेको स्व खड्काको जीवनी पत्र सहमहामन्त्री केदार भुषालले बाचन गरेर सुनाएका थिए। कार्यक्रममा संस्थापक कोसाध्यक्ष भूपति भट्टराइ, संस्थापक सल्लाहकार एवं १३ औ महाधिवेशन प्रतिनिधि क्रान्ति सिंह निवर्तमान महामन्त्री एवं १३ औ महाधिवेशन प्रतिनिधि धिरज चामलिंग राइ सल्लाहकार मो. शाकिर अलि केशब ढकाल लगायतले सोक मन्तब्य राखेका थिए ।
राष्ट्रिय गान मौन धारण र स्व खड्काको तस्विरमा पुष्पगुच्छा अर्पण गरेर श्रदान्जली व्यक्त गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend