logo
  • शनिबार, भाद्र २० २०८३

मोना कतारको १४ औ मासिक बैठक सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार l
“प्रवासी म्याग्देली दृष्टि सम्बृद्ध म्याग्दीको सृष्टि” भन्ने मूल नाराका साथ सन् २००३ को मार्चमा मध्यपूर्वको देश दोहा कतारमा स्थापना भएको म्याग्दी प्रबासी नेपालि संघ रास्ट्रिय कार्यकारी समिति कतारले आफ्नो १४ औ मासिक  बैठक सम्पन्न गरेको छ l
गत मार्च ०९ मा सम्पन्न भएको १५ औ वार्षिकोत्सव तथा तेस्रो बिबिध सास्कृतिक कार्यक्रमको पूर्ण समिक्षा पनि गरेको छ l दोहामा स्थित मुन्तजामा सस्थाका अध्यक्ष रमेश पौडेलको सभापतित्वमा समपन्न भएको बैठकमा सस्थाका सस्थापक अध्यक्ष तथा अन्तराष्ट्रिय कार्यसमितिका उपाध्यक्ष प्रेम रसाइली, सचिब बिक्रम कार्की, केन्द्रिय सदस्य किरण साह सस्थाका संरक्षक , सल्लाहकार तथा बरिस्ठ सदस्यहरु अन्य पदाधिकारी हरुको बाक्लो उपस्थित रहेको थियो l

गत मार्चमा समपन्न बिबिध सास्कृतिक कार्यक्रमबाट २९३३२ रियालको आर्थिक संकलन गरेको  उक्त कार्यक्रमा क.री  २१९२०  खर्च भएको  ७४१२ क.री  सस्थाले नगद मुनाफा  गरेको कोष प्रमुखले बताए l उक्त मुनाफा रकमबाट केहि दिन पहिले बैदेशिक रोजगारको सिलसिलामा मलेसियामा मृत्यु भएका म्याग्दी मालिका गाउँपालिका–२ रुमको बेलीका २९ बर्षियको धर्म बहादुरको रोकाको परिवारलाई नगद नेपाली २५ हजार रुपिया सस्थाले आर्थिक सहयोग गर्ने पर्तिबद्धता जाहेर गरेको छ l उक्त परिवारका ३ छोराहरु फरक फरक समयमा प्रबासमा नै मृत्युबरण गरेका थिए l रकम केहि दिनमै हस्तान्तरण गरिने सस्थाका बरिस्ठ उपाध्यक्ष तिलु शर्मा पौडेल बताए  l

यस अघि आम्सिक समिक्षा गरिसकेको सस्थाले उक्त बैठकलमा सास्कृतिक कार्यक्रमको बिबिध पक्षको पूर्ण समिक्षा गरेको छ l समिक्षा बैठकमा बोल्ने बक्ताहरु लगायत मोना कतारको सम्पूर्ण परिवारले  सास्कृतिक कार्यक्रमलाई भब्य तथा सभ्य बनाउन नेपाल देखि पाल्नु भएका कलाकार तथा कतारमा स्थापित नेपाली कलाकार लगायत प्रायोजक, सह-प्रायोजक,बिशेष सहयोगि सामाजिक संस्थाहरु, बिशेष अतिथि ,अतिथिहरु ,पत्रकार ,फोटोग्राफर, स्यंमसेबक, सुरक्षा गार्ड , टेक्निसियन लगायत सम्पुर्ण दर्शकहरुलाई हार्दिक आभार व्यक्त गर्दै धन्यबाद ब्यक्त गरेका थिए l

महासचिब राजु पौडेललको संचालन गरेको कार्यक्रमको समापन गर्दै अध्यक्ष पौडेलले हरेक दिन नयाँ  सिकाइका दिन हुने भएको हुदा सम्पूर्ण कमी कमजोरीलाई सच्चाउदै अघि बढ्ने बाचा सहित मोना कतारलाई हरेक कोणबाट सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यबाद प्रकट गरेका थिए l

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend