साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं चैत २४ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउन मिलेर अगाडी बढने बताएका छन् ।
भारतको भ्रमण रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले सगरमाथाको देश नेपाललाई सागरसँग जोड्न आफू तयार रहेको बताएका हुन् । ‘नेपाल अब भूपरिवेष्ठित देश रहिरहँदैन, उसलाई हामी अब समुद्रसँग जोड्छौँ’, ओलीलाई दिल्लीमा स्वागतसहित मन्तव्य दिँदै मोदीले भने, ‘सगरमाथाको देशलाई अब सागरसम्म जोडिनेछ ।’
मोदीले काठमाडौँलाई अब सीधै भारतसम्म रेल लाइनले जोड्ने पनि बताए । ‘काठमाडौँबाट अब हामी भारतसम्म सीधा जोड्न रेल लाइनले जोड्छौँ’, मोदीले भने, ‘जलसंशाधन र ऊर्जासम्बन्धी प्रोजेक्टमा पनि हामी संयुक्त काम गर्छौँ’ मोदीले लामो समयदेखि चर्चामा रहेका पञ्चेश्वर, सप्तकोशी र सुनकोसी जस्ता ठुला जलविद्युत् तथा बाँध परियोजना पनि अघि बढाउने उल्लेख गरे ।
‘अब हामी मिलेर विकासमा अघि बढ्छौँ । रामायण र बुद्धिस्ट संगीतको विकास गर्छौँ’, मोदीले भने, ‘शिक्षा र जनस्तरको विकासमा पनि जोड दिन्छौँ । रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend