साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले परिषद् कतारले युवा जागरण सशक्तिकरणको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
एनसीसी कतारका अध्यक्ष नवीन पोखरेलको अध्यक्षतामा महासचिव बुधवल गुरुङ र युवा संयोजक मायाँ के सी को सञ्चालनमा , शुक्रबार सालिमारा रेष्टुरेन्टको सभा हलमा प्रशिक्षण सम्पन्न गरिएको हो । वार्षिक कार्यतालिका अनुसार पहिलो पटक कतारमा कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तेज कटुवालले स्वागत मन्तव्यबाट सुभारम्भ गरि थियो । भने उप संयोजक नारायण भण्डारीले प्रतिबेदन निस्कर्ष सुनाएका थिए । कार्यक्रममा देशका बिभिन्न स्थानमा काम गर्दै आउनु भएका अनुभोबी हाल स्टर हस्पिटल अलखोर शाखामा कार्यरत डा राजेशकुमार पौडेलले डायबिटिज दुई प्रकारका हुने टाईप १ टाइप २ हुने बारे बिस्तृत रुपमा बताउदै कम उमेरमा इंसुलित न हुने हुदा १ टाइप हुने गर्दछ भने मानब शरीरमा ९० देखि ९५ प्रतिशत इंसुलित बढी हुदा टाइप २ हुने स्वास्थ्य सम्बन्धि प्रशिक्षण दिएका थिए ।
समाज निर्माणमा युवाको भूमिका र दायित्व भन्ने बारे परिषद्का अग्रज एवं कार्यक्रमका सहजकर्ता सागर नेपाल, विनेश तामाङ , कमलमणि गुरागाई र कुमार कार्कीले नेपालमा युवाहरुको स्थितिको तथ्यांकसहित प्रशिक्षण यहाँ सिकेका कुराहरुलाई आबद्द आ- आफ्नो संघ सस्थामा ब्यहाबरमा उतार्नुपर्ने बताएका थिए ।
सहजकर्ताहरुबाट प्रस्तुत गरेका प्रतिवेदनमा विल गुरुङ क्रान्ति सिहं र शनीकुमार ओलीले आफ्ना विचार व्यक्त गरेका थिए । भने सामाजिक सेवामा लाग्नको लागि कार्यक्रममा उपस्थित सबैलाई आग्रह पनि गरेका थिए । त्यस्तै आईसीसी सदस्य बिमल सुवेदी र मानार्थ सदस्य नरेन्द्र भाटले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघका गल्फ सहसंयोजक प्रविण गुरुङ लगायत स्थापित संघसस्थामा आवद्द कतारका प्रतिनीधहरुको उल्लाखेनिय उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा बोल्दै अध्यक्ष पोखरेलले परिषद्को कार्यतालिका अनुसार यो कार्यक्रम आयोजना गरीएको र यस्ता कार्यक्रमले युवाहरुलाई सामाजिक सेवामा भोलिका दिनहरुमा उर्जा मिल्ने बताउदै सहभागी सबैलाई धन्यवाद प्रकट गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा लिएका केहि तस्बिरहरु देख्न सकिन्छ फोटो कुमार कार्कीको फेशबुकबाट साभार



© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend