साझा नेटवर्क
तिलु शर्मा पौडेल, कतार।
“सबल र सम्रिद्द जिल्ला निर्माणमा प्रवासीको योगदान , सहयोग र सदभाब सबैमा तनहुँ सेवा समाजको अभियान” भन्ने मूल नाराका साथि २००४ मा कतारमा स्थापित तनहुन्गेहरुको साझा संस्था तनहुँ सेवा समाज कतारद्वारा तनहुँ जिल्ला भीमाद नगरपालिका ९ रिठ्ठाभञ्ज्याङ्गकी मृगौला पिडित मिना परियारलाई उपचारको लागि ५५ हजार ५ सय ५५ रुपैयाँ नगद आर्थिक सहयोग गरेको छ ।
गत आइतबारका दिन भिमाद नगरपालिका कार्यालयमा एक कार्यक्रमको आयोजना गरि पिडित परियारलाई उक्त रकम हस्तान्तरण गरिएको हो । सस्थाका सल्लाहकार सदस्य बलराम गैर्हेको सभापतित्व तथा तनहुँ भीमाद नगरपालिकाका प्रमुख मेख बहादुर थापाको प्रमुख आतिथ्यतामा समपन्न कार्यक्रममा केहि समय पहिले पिडित मार्फत समाज समक्ष गरिएको सहयोगको याचनालाई समाजले स्वीकार गर्दै आजिबन सदस्य याम बि सी को नेतृत्वमा कतारमा आर्थिक सहयोग संकलन अभियान संचालन गरि उक्त रकम जम्मा गरिएको बताए l
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै वडा न ९ का वडाध्यक्ष इमान थापाले आर्थिक अभाबले उपचारमा समस्या झेल्दै आएकी परियारलाई प्रवासबाट गरिएको सहयोगी हातहरुलाई धन्यवाद प्रकट गर्दै समाजको सामाजिक कार्यको खुलेर प्रशंसा गरेका थिए l करिब १ वर्ष अघि देखी दुवै मृगौलाले काम गर्न छाडेपछि आर्थिक अभावकै कारण मृगौलाको डायलोसिस गर्दै आएकी परियारलाई चिकित्सकले करिव ९ लाख रुपैया जम्मा गर्न सके मृगौला प्रत्यारोपण गर्न सकिने बताए पनि आर्थिक विपन्नताका कारण सम्भव हुन नसकेको बताउदै सबैबाट यस्तै सहयोग पाए बाच्न खुसि मिलेको भन्दै प्रबासी भूमिबाट गरिएको सहयोगलाई धन्यबाद सब्दले मात्र अपमान हुने भन्दै भाबुक बनेकी थिइन । परियारका ३ छोरा र २ छोरी छन भने आम्दानीको श्रोत मजदुरी नै रहेको बताइन l
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै पत्रकार अशोक विश्वकर्मा तथा सामाजिक कार्यकर्ता गणेश गैर्हेले सस्थाको खुलेर तारिफ गरेका थिए l त्यस्तै पूर्व अध्यक्ष मनिराज थापा, अध्यक्ष केश गुर्माछान मगर लगायतले सस्थाले एकल, असाहय, र आर्थिक रुपले विपन्न जिल्ला बासि सबैलाई स्वास्थ्य उपचार देखी शैक्षिक विकास लगायतका बिभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको स्मरण गर्दै सम्पूर्ण सहयोगी प्रति आभार प्रकट गर्दै जिल्लाम निरन्तर सहयोग गरिरहने रहने प्रतिबद्धता ब्यक्त गरेका थिए l कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले प्रवासीहरुले गरेको सहयोग प्रति खुशी ब्यक्त गर्दै एकको पिडामा अर्कालाई पनि दुख्छ भन्ने उदाहरण समाजले दिएको बताए ।
समाजका बरिस्ठ उपाधक्षय नारायण ढुंगानाले दिएको जानकारी अनुसार छिट्टै नै सस्थाको बार्षिक कार्यक्रम अन्तर्गत जिल्लाका थप २ मिर्गौला पिडित सहित एकल , असाहय र विपन्न परिवारलाई पनि राहत बितरण को तयारी अन्तिम चरण पुगेको जानकारी दिए l त्यस्तै सस्थाका महासचिब पदम गिरीले पिडितको लागि आर्थिक संकलन गरि सस्थाको अभियानलाई सफल बनाउन बिशेष योगदान गरेको भन्दै संयोजक याम बि बिसिको खुलेर तारिफ गरेका छन l
कार्यसमिति सदस्य द्वय बिकास भुजेल र मधुराम पौडेलले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति गैर्हेले सहयोगी दाता देखि आजको यस कार्यक्रमलाई समेत सफल बनाउन साथ् दिने सम्पूर्णलाइ धन्यबाद ज्ञापन गरेका थिए l स्मरण रहोस तनहु सेवा समाज दोहा कतारले देश देखि विदेश सम्म बिभिन्न किसिमका समस्यामा रहेका नेपालीहरुलाई आवस्यक परेको बेला विभिन्न किसिमका सहयोग गर्दै आइरहेको छ l
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend