logo
  • शनिबार, भाद्र २० २०८३

रोल्पा जलजला सेवा समाज कतारले गायिका परियारलाई गर्‍यो सम्मान


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

चोम बिष्ट , रोल्पा चैत्र १८ ।
रोल्पालीहरुको साझा सस्था रोल्पा जलजला सेवा समाज कतारले प्रवास बसाइँमा आइपर्ने भवितव्य समस्याको समाधान मात्रै नभई नेपाल देखी कतारमा आउनुहुने कलाकारहरुको सम्मान पनि गर्दै आइरहेकोछ।
यसै सन्दर्भमा हिजो दोहाको नजमा नेपाली आगन रेस्टुरेन्ट हलमा समाजका अध्यक्ष शिव बुढाथोकीको अध्यक्षतामा एक कार्यक्रम बिच रोल्पाली चेली तथा लोक दोहोरी गायिका शान्ति श्री परियारलाई समाजले सम्मान गरेको छ।उक्त कार्यक्रममा समाजका अध्यक्ष शिव बुढाथोकी,सल्लाहकार संयोजक बसन्त थापा,सल्लाहकार गोपाल केसी ले दोसल्ला खादा ओढाएर साथै सम्मान पत्र द्वारा सम्मान गरेका थिए।
कार्यक्रममा प्युठान सेवा समाजका अध्यक्ष बल देब रान सल्लाहकार कमल आचार्य महासचिव धर्मराज बिक लागएतको अथितित्व रहेको थियो। कार्यक्रममा रोल्पामा जन्मिएर आफ्नो कला र गलालाई सबैसामु परिचत हुनमा हामी सबै रोल्पाली गौरव गर्नुपर्ने तथा आउदो दिनमा थप सफलता र प्रगति कामना सहित उपस्थितले शुभकामना व्यक्त गर्दै मन्तव्यको क्रममा गायिका शान्ति श्री परियारले आज नसोचेको कुरा जुन मैले जुन प्रवासमा पाएको सम्मानले अझै मलाइ हौसाल थपिएको छ ।

साथै सधै भरी तपाईंहरुको माया र साथमा रहिरहने छु यस सस्थामा आबद्ध रहनु भएका समाजका कार्यसमिति पदाधिकारी सम्पुर्ण रोल्पाली दाजुभाइ तथा दिदीबहिनी हरुलाई धन्यवाद व्यक्त गर्दै अन्त्यमा कार्यक्रमका अध्यक्ष बुढाथोकीले रोल्पामा जन्मनु भएकी चेली एउटा सभ्य सालिन मीठो स्वरकी धनी जुन आज स्वदेश मात्र नभई बिदेशको मरुभूमि ठाउँमा आफ्नो कला र गला सुन्न पुग्यौं ।

 यसमा हामी सबैले गौरव गर्नुपर्छ हामी आगामी दिनमा पनि यसरीनै तपाईंका गित सुन्न पाउनेछौ अझै साङ्केतिक यात्रा सफलताको शिखर चुम्न सफलहोस भन्दै उपस्थित सबै धन्यवाद दिदै कार्यक्रम सम्पन्न गरेका थिए। कार्यक्रम संचालन समाजका महासचिव देबराज पुनले गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend