logo
  • शनिबार, कार्तिक २२ २०८३

जोखिम बढ्दै छ बुर्तिबाङ बागलुङका ग्रामीण सडकहरुमा


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

बिमल खड्का , बुर्तिवाङ चैत १४ ।
बागलुङ जिल्लाका पश्चिम बुर्तिबाङका ग्रामिण सडकहरुको दुर्दशा भनिसक्नु छैन । जसरी हुन्छ गाउँगाउँ घरआगन सम्म मोटर गुडाउने स्थानीयको चाहना र होडबाजीले अनेपेक्षित घटनाहरु पनि बढ्दै गएका छन् ।
खासगरी सुदूर पश्चिम निसी भूजी तमान खुंखानी क्षेत्रमा यस्ता दुर्घटनाबाट मानिसहरु बढी प्रभावित रहेका छ । मोटरबाटो निर्माण गर्दा भूवनावटको गम्भीर अध्ययन हुनु जरुरी छ देखिएकाे छ । केहिदिन पहिले बडीगाडको दर्लिङ हुँदै भिङगिठे मोटरबाटो खन्दै गर्दा माथिबाट खसेको पहिरेले डोजर समेत पुरी डोजर चालक दुईजना युवाहरुको घटनस्थलमै ज्यान गएको थियो भने त्यस्तै केहि दिन पहिले दर्लिङको गंगरेमा जीप दुर्घटना हुँदा जीपका मालिक मेख बहादुर बुढाको घटनास्थलमै मृत्यु भएको थियो बोवाङ देखी बुर्तिवाङ आउँदै गरेका दुईटा ट्याक्टर केहि मिटरको अन्तरमा भुजीखोलामा खसेर दुर्घटना भएको थियो ।
यी त केहि हालसालैका दु:खद दुर्घटनाहरु हुन् ।तर यस्ता दुर्घटनाहरु धेरै भईसकेका छन । भनाईको तात्पर्य ग्रामिण सडकहरुमा दुर्घटनाको जोखिम अत्याधिक बढेको छ । कच्चि मोटर बाटो त्यसैमा खाल्डा खुल्डीमा चलिरहेका सवारी साधनहरुका सिटमा खचाखच हुन्छन । त्यसैमा यात्रु हालेर अझै नपुगेर छतमा हाल्दा सवारी सधानहरु क्षेमता भन्दा बढि यात्रु हाल्दा त्यसमा सवार यात्रुहरू कति सुरक्षित होलान ?
याे तस्बिर बागलुङ जिल्लाकाे ढोरपाटन नगरपालिका वडा-३ हुन्द्रफेदी, साविक खुंगा गाविस वडा ८ नजिकैको हो । हेर्दा सामान्य होला तर यसरी सवार यात्रुहरू जिवन कति जाेखिम छ भन्ने थाहा कसलाई हुने हाे । यात्रुहरुहालेर हिडिरहेका गाडीका मालिकले त धन कमाउलान तर ज्यान भने जोखिमा पारेर यात्रा गरिरहेका छन यात्रुहरु । यात्रुहरु भन्छन प्रयाप्त गाडीहरु नहुदा यसरी यात्रा गरिरहेका छाै भन्ने गर्दैछन् ।

यसरी खुलेयाम चलिरहेको गाडिहरुलाई ट्राफिक प्रहरीले बजारमा मात्र केन्दित नभएर अन्य जोखिमपूर्ण ठाउमा पनि छड्के जाँच गर्ने हाे भने दुर्घटना न्युनिकरणमा हुने थियाे कि ! बुर्तिबाङबाट हुन्द्रफेदी, खुंखानी, बोङ्गादोभान र तमान विभिन्न सवारी साधनहरु चलिरहेका छन ।

यसरी चलिरहेका जिप, बसले तस्वीरमा देखिए जस्तै क्षमता भन्दा बढी यात्रु कोचाकोच गरे हाल्दा, त्यसले पनि नपुगेर सवारी साधनका छतमा यात्रु राख्दा निश्चितरुपमा दुर्घटनाको जोखिम बढ्छ । अनेपेक्षित दुर्घटनाहरुको रोकथाममा सरोकारवालाहरु र सरकारी निकाय किन मौन ?

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend