logo
  • शनिबार, भाद्र २० २०८३

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल कतार साखा प्रथम अधिबेशन सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

तिलु शर्मा पौडेल , कतार l
“हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, श्रस्टाको सम्मान र नब प्रतिभाको प्रोत्साहन “ भन्ने मूल नारा लिएर २०५८ सालमा सामजिक सस्थाको रुपमा स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतार साखा तदर्थ समितिको गठन गत नोभेम्बर-१०,२०१७ का दिनमा भएको थियो l
उक्त शाखाको प्रथम अधिबेशन तथा बिबिध साँस्कृतिक कार्यक्रम गत सुक्रबार नज्मामा अबस्थित सालिमार रेस्टुरेन्टको सभा हलमा तदर्थ समिति सयोजक कृष्ण बरालको सभापतित्व तथा प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष एबम बैदेशिक बिभाग प्रमुख रमेश बि. जि. ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ l
उक्त कार्यक्रममा प्रतिष्ठान नेपालका कोषाध्यक्ष दिपक खड्का,मानार्थ सदस्य द्धय इश्वर काफ्ले, पूर्ण बहादुर नेपालि, पुर्ब केन्द्रीय सदस्य तथा तदर्थ समिति सल्लाहकार देविका केसी , प्रतिस्ठान केन्द्रका आजिबन सदस्य तथा तदर्थ समिति प्रमुख सल्लाहकार दुर्गा पँगेनी, सल्लाहकार प्रभात त्रिपाठी लगायत दोहा कतारमा स्थापित बिभिन्न सङ्घ सस्था प्रमुख , ब्यबसायी,समाजसेबीहरु बिसेष अतिथि रहेका थिए l

महिला उपाध्यक्ष नानु घलेको स्वागत मन्तब्य सँगै ब्यानर अनावरण तथा दिप प्रज्वलन गरि अघि बढेको कार्यक्रममा रास्ट्रिय भाबको स्वागत गित सँगै कार्यक्रम साँस्कृतिक चरणमा प्रवेश गरेको थियो l मोहन शाह, इमानसिंङ् ठकुरी शरद पाण्डे, नानु घले देब घिमिरे, युबराज छन्त्याल लगायतले आफना साँगितिक प्रस्तुति राखेका थिए l NRNA ICC का मध्यपुर्ब सयोजक आर.के शर्मा, NRNA NCC का अध्यक्ष नबिन पोखरेल जिल्ला सङ्घ संस्थाको तर्फबाट लमजुङ सेवा समाजका अध्यक्ष विष्णुलाल श्रेष्ठ, पत्रकारहरुको तर्फबाट पत्रकार महासंघ कतार साखाका अध्यक्ष करिम बक्स मियाँ, लगायतले अधिबेशन सफलतका कामना गर्दै सहकार्यको प्रतिबद्धता ब्यक्त गर्दै अधिबेशन सफलताको सुभकामना ब्यक्त गरेका थिए l

नेपालबाट आमन्त्रित पाहुना कलाकार तथा प्रतिस्ठान नेपालका कोषाध्यक्ष खड्काले आफुलाई कतार सम्मको यात्रा गराउने प्रतिस्ठान परिवार नेपाल र कतार साखा परिवारलाई धन्यबाद दिदै बिसुद्ध सांगीतिक मनले मात्र सस्थामा लागेर काम गर्न आग्रह गरेका थिए l त्यस्तै लोक गित संगीतको बिगत देखि बर्तमान सम्मको अबस्थाको बारेमा बोल्दै प्रमुख अतिथि बिजिले नेपालमा ६५ भन्दा बढी स्थानमा र बिदेशमा पनि ५ स्थानमा सफलतापुर्बक प्रतिस्ठान गठन भएको स्मरण गराउदै लोक तथा दोहोरिगीतका कलाकारहरुलाई सरकारले प्रयोग गर्दै उपेक्षा गर्दै गरेको तर्फ रोष प्रकट गर्दै लोक तथा दोहोरी गीतमा आएको विकृतिको अन्त्यको लागी नेपाल सरकारसंग सेन्सरबोर्डको स्थापना गरि दिन गरेको आग्रहलाइ सरकारले बेवास्ता गरेको जानकारी दिदै आफुहरुले लोक तथा दोहोरी गीत संरक्षणका निम्ती सधै लागी परिरहेको र लागिरहने प्रतिबद्धता जनाएका थिए lसस्थाका सहसचिब हरि अधिकारीले सन्चालन गरेको कार्यक्रमको समापन गर्दै सभापति बरालले यो अधिबेशन लोक गित संगीतको मन्दिर निर्माणको लागि एउटा इँटा राख्ने मात्र काम भएको र यसलाई पूर्ण गर्न अझै पनि सबैको सहयोग खाचो रहेको औल्याउदै तदर्थ समिति गठन देखि अधिबेशन सम्म साथ् सहयोग पुराउने सम्पुर्णलाई धन्यबाद दिदै कार्यक्रम बन्द सत्रमा प्रबेश गरेको घोषणा गरेका थिए l

सहज रुपमा निर्बिरोध तथा बिबाद रहित चुनिएको पूर्ण कार्यसमितिको नामावली निर्बाचन समिति समक्ष पेश गरे लगत्तै निर्बाचन सयोजक बिजिले कृष्ण बरालको अध्यक्षतामा निर्बिरोध निर्बाचित २२ पधाधिकारीको पद तथा नामावली पढेर सबैलाई सुनाउदै पद तथा गोपनियताको सपथ खुवाउदै निर्बाचित भएको प्रमाणपत्र बितरण गरेका थिए भने प्रतिस्ठान कतार साखाका तर्फबाट बिजी तथा खड्कालाई ताम्र पत्रसहित मायाको चिनोले सम्मान गरिएको थियो lसरल तरिकाले कार्यसमिति निर्माण गर्न पाएकोमा खुसि ब्यक्त गर्दै बिजिले लोक तथा दोहोरि गित सङ्गीतको रक्षार्थ निस्वार्थ भएर काम गर्न आग्रह गर्दै नबनिर्बाचित कार्यसमितिलाई सफल कार्यकालको सुभकामना व्यक्त गरेका थिए l

कार्यक्रमको अन्त्यमा दोहोरीबाट माहोल तातेको थियो भने बन्द सत्रलाई बिजिले नै समापन गरेका थिए l नब निर्बाचित कार्यसमितिहरुमा अध्यक्ष :- श्री कृष्ण बराल (लमजुङ), उपाध्यक्ष शक्ति क्षेत्री (पर्बत), महिला उपाध्यक्ष नानू घले (नुवाकोट), सचिब हरि बिनोद अधिकारी (कास्की), सह-सचिब रित कुमार श्रेष्ठ (तनहुँ), कोषाध्यक्ष श्री शिबराम ढकाल ( स्याङ्जा) सह-कोषाध्यक्ष इमान सिङ ठकुरी ( बाँके) रहेका छन भने सदस्यहरुमा  सरद पान्डे (दाङ), तिलु शर्मा पौडेल (म्याग्दी), सुर्य बहादुर गायक (कास्की), प्रेम लाल अधिकारी (कास्की), दिपेन्द्र सुनार (गुल्मी) ,श्याम डि.सि.युनिक (बाँके) ईश्वर पौडेल (चितवन), ईश्वर भन्डारी (गुल्मी),राम बाबू बोहोरा (कन्चनपुर) , कृष्ण दर्लामी (पर्बत) , कृष्ण ढकाल,(स्याङ्जा), मङल बि. क. (लमजुङ) युबराज छन्त्याल (बाग्लुङ्), श्री गकुल बि.क.(म्याग्दी) कृष्ण बिस्वकर्मा (पर्बत) रहेका छन l

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend