logo
  • शनिबार, भाद्र २० २०८३

राजनितीमा नैतिकता हराएको मेरो देश


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

-केबी थापा ।
एक दिन एक सज्जनले आफ्नो गधा लाई  आफ्नै घरको छतमा लिएर गए केहि समय पस्चात जव उन्ले त्यो गधालाई  तल झार्ने कोशिस गर्न थाले गधा झर्न तयार नै थिएन ।

धेरै प्रयास गर्दा पनि असफलता हात लागेसी ति सज्जन आफु तल ओर्लेर गधा झर्ने प्रतीक्षा गर्दै बस्न थाले तर केहि समय बिते पछि सज्जनले देखे कि त्यो गधाले त घरको छतमा आफ्नो लात्तीले भत्काउन प्रयास गरिरहेको छ , ति सज्जन अत्यन्तै दुखी हुन पुगे घरको छतले निरन्तर हानिरहेको गधाको लात्ती सहन सक्दैन यो कुरा उन्लाइ थाहा थियो उनि हतार हतार दौडिदै छतमा पुगे धेरै कोशिस गर्दा पनि गधालाइ तल झार्न असमर्थ भए गधा आफ्नो जिदमा अडि रहेको थियो ।

जसै ति सज्जनले गधालाई  जवर्जस्ती धकेलेर तल खसाल्ने प्रयत्न गर्न थाले तव गधाले उन्लाइ नै लात्तिले हिर्काउदैं तल खसालिदियो अनि पुन: छतमा लात्तिले हिर्काउने कार्यमा लाग्यो केहि बेर पछि छत भत्कियो छत संग संगै गधा पनि तल खस्यो । ति सज्जन धेरै बेर सम्म सोंचमा परे अनि अफसोस पनि भयो र शिक्षा पनि मिल्यो कि ” गधालाइ कहिल्यै पनि उचाइमा लग्नु हुँदैन रहेछ गल्तिले यदि लगिहालियो भने पहिलो त उस्ले पहिला आफ्नै लागी हानि गर्दछ ,दोस्रो उ अडिइरहेको स्थानको पनि क्षति गर्दछ अनि तेस्रो जस्ले उस्लाइ उचाइमा पुर्याएको हुन्छ त्यसलाइ पनि हानी पुर्याउदछ ।

” अत: भरोसा गर्नु पुर्व धेरै सजग र सावधान हुनुपर्दछ किनकी हेर्दा प्राय मिश्री र फिटकिरी उस्तै उस्तै देखिन्छन “सरसर्ती हेर्दा दन्त्य कथा जस्तो मात्र लागे पनि आजको हाम्रो देशको बर्तमान राजनैतिक अवस्थाको यथार्थ चित्रण गरेको छ यस कथा मा ! जुन स्थान एवं ओहदा रास्ट्र ,रास्ट्रीयता को जगेर्ना गर्न्को लागी बनेको थियो आज त्यही स्थान देशको संम्प्रभुता, अखण्डता र रास्ट्रीयता को बेचबिखन गर्बे थलो बनेको छ । दिनहुँ कुनै न कुनै सम्माननिय ब्यक्तित्व को खोल भित्र रहेका रास्ट्रीय दुश्मन ब्वासांहरुले त्यो सम्मानित स्थानलाइ देश र जनताको बिरुद्द ओरयोग गरिरहेका छन ।

चाणक्यले भनेका छन – जुन देशका जनता भेडां हुन्छन त्यस देशका शासक भ्रस्ट र निचताको हदै सम्म खस्केका हुन्छन । आजको स्थितिको पछाडी का कारण हरु कोट्याउदै जाने हो भने त्यसको सबै भन्दा बढी जिम्मेवार कोहि छ भने त्यो हो तपाइँ र म । जुन देशमा सत्ता पक्ष गुन्डालाइ जेलमा जुस पिलाउदैं जेल भित्रै सपथको तयारी गरिरहन्छ अनि अर्को तर्फ विपक्ष गुण्डा कै लागी जुलुस निकाल्न पछि पर्दैन तैपनि दलिय रंगमा रंगिएका झोले कार्यकर्ता हरु चुं सम्म बोल्दैनन भने नेपालको स्थिति मा कुनै सुधार आउला भन्नु दिवास्वप्न बाहेक अरु केहि हुने छैन ।

आफैलाइ सर्वहारा बर्गको नेतृत्व गर्ने पार्टीको कित्ता मा उभ्याउदैं सर्वहारा बर्गको उत्थान र मुक्ती आफ्नो पार्टी ले मात्र गर्न सक्ने भन्दै छाती तन्काउदैं भासण ठोक्दै हिंड्ने हरु पनि बिस्तारै पुजिबाद तर्फ अग्रसर हुनु उनिहरुको अग्रगमन हो या पतन हो त्यो त स्वयं उनिहरुकै आत्मा लाइ थाहा होला । हिजों राज्यका शासक बर्गलाइ राज्यकोष सखाप पारे भनेर दुनियाथरी आरोप प्रत्यारोप गर्दै हिंड्ने सर्वहारा नेताहरु नै आज क्रान्तीकारी उपचारको लागी थाइल्यान्ड देखी अमेरिका सम्म धाएको देख्दा सर्वहारा गरिब र निमुखा जनताको उद्दार को नाउँ मा बन्दुक बोक्ने हरुको उद्दार होस नहोस ति बन्दुक बोक्न लगाउने हरुको चाहिं राम्रै उद्दार भएकै छ ,हिजो पढ्ने बेला ति अबोध बालबालिका हरुलाइ कलमको साटो बन्दुक हातमा थमाउने तिनै क्रान्त्रीकारी हरुका छोराछोरी बिदेशी स्कुल र कलेजमा अध्य्यन मात्रै होइन उन्का नाउमा देशी बिदेशी बैंकमा समेत मोटो रकम जम्मा भएको देख्दा सर्वहारा बर्गको होस नहोस सर्वहारा बर्गका नेता भनाउदां टाठा -बाठा हरुको उद्दार भएको देखिन्छ ।

एकातर्फ कैलाली घटना मा रास्ट्रको लागी आफ्नो प्राणको समेत बलिदानी दिने रास्ट्रसेवक प्रहरी हरु र उनका परिवार लाइ झुठा आस्वासन बाहेक केहि दिन सकेन त अर्को तर्फ अबोध दुधे बालक को निर्मम हत्या गर्न समेत पछि नपरेका अपराधिक मानसिकता का अभियुक्त लाइ अहिले को बिपक्ष ले सरकार मा रहदां करोडौं दिन्छ , जनताले चुनावमा बिजयी बनाउन भोट दिन्छन अनि कम्युनिस्ट हरुले मन्त्री बनाउने तयारी गर्दैछन त फरक के रह्यो कस्मा ? यसै बाट छर्लंग हुन जान्छ हाम्रो देशको राजनिती या सरकार कस्ता ब्यक्ती र कहाँ बाट सन्चालित छ भनेर ! एकातिर रास्ट्रकै लागी बलिदानी दिने भन्दै बन्दुक बोकाएका शहिद र उनका परिवार हरुलाइ उपेक्षा गरिएको छ ( जस्का ज्वलन्त उदाहरणहरु सुस्पा भुजेल “आस्था” जस्ता थुप्रै छन जस्को बारेमा अर्को लेखमा बिस्तृत चर्चा गर्ने छु ) त अर्को तर्फ अपराधी चरित्रका ब्यक्तिको हाली मुहाली हुन्छ कस्तो नैतहराएको राजनिती हुँदै छ हाम्रो देशमा ।

रास्ट्रीय एकता दिवसको दिन रास्ट्रपिता को तस्बिरमा थुक्ने रास्ट्रघाती बिदेशी द्वारा संचालित दलाल हरु खुल्ले आम घुम्छन अनि अर्को तिर बिस्वनाथ गौतम जस्ता निर्दोस लाइ बिनाकसुर जेल मा बन्दी बनाइन्छ । एकातिर एक प्रदेशमा रास्ट्रीय पोसाक लगाउन रोक लगाइन्छ अर्को तर्फ देशकै सबै भन्दा सम्मानित स्थान जहाँ का एक एक कंणले समेत पुर्खाले रास्ट्र र रास्ट्रीयता जोगाउन गरेको त्याग र बलिदानी को रास्ट्र गाथा दर्साइ रहेका छन त्यस्तो पवित्र स्थानमा आफ्नो रास्ट्रीय भासा बोल्न नजान्ने लाइ आफ्नो देशको रास्ट्रीयता माथी ठाडो प्रहार गर्दै सांसद सदन जस्तो गरिमामय स्थानमा आफ्नै भासाको उपेक्षा गर्दै बिदेशी भासा मा सपथ र भासण गराइन्छ ।

हाम्रो रास्ट्रीयता माथी चौतर्फी सुनियोजित हमला हुदाहुदै पनि के हामी नेपालि ले अझै पनि सतिले सरापेक देश भनेर आफैलाइ चित्त बुझाउंदै बस्ने समय हो ? एकातिर बिश्व जगत नै त्रसित भैरहेको देशका अगुवा हरुलाइ बिना कुनै औपचातिकता निम्त्याउनु र अर्को तिर संसद भवनमा रास्ट्रीय भासाको अपमान एवं उपेक्षा गर्नु कस्तो नैतिकता दर्साउछ ? हुन त म बिद्यार्थी जिवनमा सकृय राजनिती मा रहदां सुन्थे ” संसदिय ब्यब्स्था भनेको खसिको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने थलो हो !”

आज यिन्को व्यबहार देख्दा सांच्चिकै हो नै रहेछ जस्तै लाग्न थाल्यो यदि सत्य नै हो भने किन चाहियो यो ब्यब्स्था ! जहां रास्ट्र र रास्ट्रीयता को लागी आ-आफ्ना दलिए एजेन्डा बाट माथि उठ्दै एकजुट हुनुपर्ने हो त्यहीँ रास्ट्र र रास्ट्रीयता लाइ लिलाम गर्ने कस्तो राजनीतिक नैतिकता ? के साच्चिकैं राजनिती मा कुनै मुल्य र मान्यता एवं नैतिकता समाप्त भएकै हो त ? आफुले समर्थन गर्ने पार्टी ले गर्ने गलत निर्णय मा पनि नशामा लट्ठिदै थपडी मार्ने होइन अब सबै दलका सजग र बिबेकपुर्ण कार्यकर्ता ले आफ्नै पार्टी ले गर्न लागेका र गरेका गलत र रास्ट्रघाती निर्णय का बिरुद्द बोल्नै पर्दछ समय मै आफ्ना नेतालाइ खबरदारी गर्न सक्नुपर्दछ ।

रास्ट्र सर्वप्रथम भन्ने भावना सबैको मनमा हुनु पर्दछ ! यदि त्यसो गर्न सके मात्र हामी साच्चिकै नेपाली रहुलां नत्र आज पैसाको लोभ र कसैको दवाबमा गुन्डा लाइ जेलभित्र सपथ खुवाउन तम्तयार हुँदै जुस पिलाउने र गुण्डा कै लागी जुलुश निकाल्ने हरुले सुटुक्क रास्ट्र नै अर्कालाइ सुम्पन समय लाग्ने छैन । सम्पुर्ण सचेत एवं रास्ट्रभक्त नेपालि ले यस्ता घृणित कार्यको बिरोध , निन्दा गर्दै भबिस्यमा यस्ता कुकार्य कसैबाट णहोस यस्को लागी खबर्दारी गरौं नत्र भोलिका दिनमा यस्को गम्भिर परिणाम देश र जनता ले भोग्नु पर्नेछ सबैलाइ चेतना भया । जय देश जय नेपाल ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend