logo
  • शनिबार, कार्तिक २२ २०८३

फुटेका राप्रपा मिलाउन पूर्वराजा ज्ञानेन्द्र दौडधुपमा


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क, काठमाडौं चैत ६ ।
देश संघीय  गणतन्त्र धर्म निरपेक्षता  घोषणा भएको दशक हुँदा पनि मुलुकमा पूर्वराजाको बेलाबेलामा हुने सक्रियताले तरंग पैदा गर्नेगरेको छ ।  पूर्वराजा ज्ञानेन्द्र शाहले पनि धर्म र राजनीतिका विषयमा बेलाबेलामा चासो प्रकट गर्नेगरेको देखन्छ ।
फुटको अवस्थामा रहेका पूर्व पञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्रका तीनवटा घटका दोस्रो तहका नेतालाई झापामा बोलाएर निर्वाचनमा पराजयपछिको अवस्थाको समीक्षा गर्दै एउटै पार्टी बनाउन सुझाव दिएको समाचार आजको नयाँ पत्रिकामा प्रकाशित  गरेको छ  ।

नयाँ पत्रिकाले पहिलो पृष्ठमा थोरै मात्र स्थान दिएको यस समाचारअनुसार पूर्वराजा शाहले कमल थापा नेतृत्वको राप्रपा, पशुपति शमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एराप्रपा (राष्ट्रवादी) का तीन तीन जना नेता भेला गरेर एउटै पार्टी बनाउन सुझाव दिएका छन् ।

दमकस्थित हिमालय चिया बगानमा भएको छलफलमा राप्रपा पुनर्गठन गरेर एउटै राप्रपा बनाउनुपर्नेमा ज्ञानेन्द्र शाहले जोड दिएका थिए । “म तपाईँहरुका पार्टीको संरक्षक होइन, म राजनीतिमा छैन, राजनीति गर्ने पनि होइन, तर आज तपाइँहरू गुट बनाएर, फुटेर कसैको हित भएन भन्ने प्रमाणित भयो,” पूर्वराजाको भनाइ उद्धृत गर्दै नयाँ पत्रिकासँग राप्रपाका केन्द्रीय सदस्य प्रह्लाद शाहले भनेका छन्, “त्यसबारे सोच्नुस् ।

म धेरैतिर जाँदा पार्टी फुटेको गुनासो गर्छन्, यसले गर्दा कमजोर भयो, अब एउटा ’टार्गेट’ बनाएर  अघि बढ्दा उपयुक्त  हुने  बताएका छन्  ।

।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend