साझा नेटवर्क
साझा नेटवर्क, बागलुङ चैत ६ ।
बुटवलबाट बुर्तिवाङ तर्फ जादै गरेको यात्रुबाहक रात्रिवस बुर्तिवाङ नगरपालिका-१ गरगरेमा आज मंगलबार विहान बस दुर्घटना भएको छ ।
बुटवलबाट बाग्लुङको बुर्तिवाङ जाँदै गरेको लु १ ख ७४३९ नम्बरको रात्री बस मंगलबार विहान ४ बजेर ३० मिनेट जाँदा भएको दुर्घटनामा एक महिला बेपत्ता भएकि छन् भने दर्जन बढी यात्रु घाईते भएका छन् । बस सडक देखि २५ मिटर तल बडीगाड खोलामा खसेकाे थियो ।
ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण रानाका अनुसार बसमा १५ जना जती यात्रुहरुलाई उद्धार गरी बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुराएर उपचार भैरहेको बताउदै एक जना भारतिय नागरिककाे शरिरिरमा ठुलाे चोट लागेकाले अबस्था गम्भीर रहेकाे बताए ।
प्रहरीका अनुसार एक जना बृद्धा हराईरहेकाले खोजि कार्य जारी रहेको भएपनि अझै भेटिएको छैन । करिब १६-१७ जना सवार सो रात्रिबसमा चालक सहित १० जना घाईते भएका छन् । बस चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको आंशका छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend