साझा नेटवर्क
साझा नेटवर्क, बुटवल चैत ४ ।
काठमाडौंबाट भैरहवाका लागि उडेको यति एयरको जहाज गौतमवुद्ध विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएको छ । एयरको जहाज अवतरणका क्रममा चक्का ‘जाम’ हुँदा रनवेमा रोकिएको थियो ।
बेलुका सवा ५ बजे भैरहवा विमानस्थलमा अवतरणका क्रममा चक्का ‘जाम’ भएको थियो । विमानस्थल अहिले बन्द गरिएको छ ।जुलेट चार्ली कलसाइन रहेको जहाज अवतरण हुने क्रममा चक्का जाम भएर रोकिएको थियो ।
काठमाडौंबाट प्राविधिक पुगेपछि मात्रै रनवेमा रहेको जहाज मर्मत गरिने रुपन्देहीका एसपी श्याम ज्ञवालीले जानकारी दिएका छन् । दुर्घटनामा परेको जहाजमा २६ यात्रु भए पनि सबै यात्रु सकुशल रहेको ज्ञवालीले जानकारी दिए ।रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend