साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं चैत ४ ।
बाग्लुङको ग्रामिण भेगका महिलाहरुकाे जीवन स्तर उठाउन र अार्थिक समृद्दिका लागि सहकारिका सदस्यहरुले खेल्नु पर्ने भुमिका बारे क्षमता बिकास गर्न छलफल कार्यक्रम तथा हुईलचियर कार्यक्रम सम्पन्न भएको छ ।
सत्कर्म नेपाल र अामा मिलन बचत तथा ऋण सहकारी संस्थाकाे सयुक्त अायाेजनामा सदस्यहरुलाई लक्षित गरि गरिएकाे छलफल कार्यक्रममा सत्कर्म नेपालका अभियन्ता एवं अधिकारकर्मि सिताराम थापाले बर्तमान सन्दर्भमा महिला सहकारीताकाे महत्व, भुमिका र जिम्मेवारी तथा सामुहिक दायित्व बारेमा उल्लेख गरेकाे थिए ।
उनले भने राज्यकाे तीन खम्बे नीति अनुसार महिलाहरुकाे लागि अार्थिक स्तर माथि उठाए मात्र सामाजिक र राजनितिक मर्यादास्तरमा महिलाहरुकाे पहुंच बृद्दि हुने बताए । सहकारी उप समितिकाे सदस्य गुमा छन्यालकाे बुबा लाई हिडडुल गर्न सहज हाेस भन्ने उदेस्यले सत्कर्म नेपालकाे तर्फबाट निर्देशक एवं अभियन्ता सिताराम थापाले एक हुईलचियर हस्तान्तरण गर्नु भयाे ।
समाराेहबाट सहकारीकाे ऋण ,लेखा र शिक्षा समिति समेत गठन गरिएकाे सहकारीका उपाध्यक्ष लिलावति के. सिले बताए । सहकारीकाे अध्यक्ष कल्पना चालिसेकाे अध्यक्षतामा स्वागत तथा सञ्चालन सचिब ज्ञानिदेबि थापा मगरले गर्नु भयकाे थियाे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend